Nepal Face
  • आइतबार, १० साउन २०८३
  • चिकित्सकलाई कुटपिट गरेको भिडियो सार्वजनिक भएपछि डीएसपी लम्साल रानीपोखरी तानिए


    बिहिबार, बैशाख ४ २०७७
    1.4K
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं, ४ बैशाख । लकडाउन उल्लंघन गरेको भन्दै प्रहरीले चिकित्सकलाई कुटपिटको घटना सार्वजनिक भएपछि महानगरीय प्रहरी वृत्त, महाराजगञ्जका डीएसपी उमेशराज लम्साललाई जिम्मेवारीबाट हटाइएको छ ।

    उक्त घटना सार्वजनिक भएपछि लम्साललाई महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीका तानिएको हो ।

    रानीपोखरीका डीआईजी विश्वराज पोखरेलले लम्साललाई छानविनका लागि रानीपोखरी बोलाइएको बताए । बुधबार साँझ भएको घटनाबारे छानविनका लागि बिहीबार बिहान एसएसपी किरण बज्राचार्यको नेतृत्वमा एसपी मुकेश सिंह र डीएसपी होविन्द्र बोगटी सदस्य रहेको समिति गठन भएको थियो ।

    समितिको प्रतिवेदनका आधारमा चिकित्सक कुटपिटमा संलग्न प्रहरीमाथि कारबाही हुने भनिएको थियो । तर, समितिले अनुसन्धान थाल्नु अगावै लम्साललाई जिम्मेवारीबाट हटाइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार