Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नेकपा स्थायी समिति बैठक सुरू, प्रधानमन्त्री ‌ओली गएनन्


    आइतबार, पुष ५ २०७७
    555
    Shares
  • १ मिनेट पाठ
  • सञ्चार संवाददाता
    ७ मिनेट पहिले

    काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटन गर्ने कदमका कारण निम्तिएको राजनीतिक भागदौडका कारण पछि धकेलिएको नेकपा स्थायी समिति बैठक बालुवाटारमा बल्लतल्ल आइतबार साँझ ५ बजे सुरु भएको छ। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने सहभागी भएका छैनन्।

    नेकपाभित्रको द्वन्द्वका कारण संसद विघटन गर्ने अवस्थासम्म पुगेका ओली आफ्नै निवासमा आयोजित स्थायी समिति बैठक छल्न बाध्य भएका छन्।

    बैठकमा केपी ओलीको कदम र आगामी रणनीतिबारे छलफल हुने बुझिएको छ।

    प्रधानमन्त्री ओलीको कदमका कारण दिनभरिजसो नै गुल्जार बनेको बालुवाटारमा एकपछि अर्को नेताहरु आगामी रणनीतिबारे द्विपक्षीय तथा त्रिपक्षीय छलफलमा व्यस्त छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार