जनकपुर । बारामा बदनाम भएपछि प्रहरी प्रधान कार्यालयले १ नम्बर गणमा तानेका एक प्रहरीलाई मधेश प्रदेश प्रहरी कार्यालयले पुनः बारामै काज सरुवा गरेको छ । असई महम्मद हुसेनलाई बारामा घुमुवाका रुपमा अनियमिततामा मुछिएको गुनासोपछि एक बर्षअघि गणमा तानिएको थियो । गणमा ५ महिना राखिएपछि प्रहरी प्रधान कार्यालयको उजुरी छानबिनका एसपी प्रकाश मल्लले जिल्ला प्रहरी कार्यालय रौतहटमा काजसरुवा गरिदिएका थिए ।
रौतहटमा घुमुवाका रुपमा ३ महिनादेखि कार्यरत हुसेनको दरबन्दी कोशी प्रदेशको मोरङमा हो । ९ मंसिर, ०८१ मा हुसेनलाई दरबन्दीमा फिर्ता गरेको पत्र मधेश प्रदेश प्रहरी कार्यालयदेखि मोरङ, कोशी प्रदेश प्रहरी कार्यालय, प्रहरी प्रधान कार्यालय कर्मचारी प्रशासन शाखामा पुगिसकेको छ । तर मानवस्रोत विभागका एआईजी भीम ढकालको निर्देशन र मधेश प्रदेश प्रहरी कार्यालयको आदेशमा जिल्ला प्रहरी कार्यालयका एसपी दिलीप घिमिरेले हुुसेनलाई जिल्ला प्रहरी कार्यालय बारामा खटाएको पत्र दिएका छन् ।
कोशी, मधेश प्रदेशदेखि सबैतिर मोरङमा काजफिर्ता गरेको पत्र पुगिसकेको अवस्थामा फेरि जिल्ला प्रहरी कार्यालय बारामा रमाना दिइएको छ ।
रौतहटमा सादा पोशाकमा काज सरुवा गरेका असई मोहम्मद हुसेनका बारेमा पुनः गुनासो आएपछि आईजीपी बसन्तबहादुर कुँवरले दरबन्दी रहेको मोरङमा रमाना दिन निर्देशन दिएका थिए ।
हुसेन एक बर्षअघिसम्म दरबन्दीमा नगई बारामा घुमुवा थिए । धेरै गुनासा आएपछि उजुरी छानबिन शाखाले उनलाई १ नम्बर गण नक्सालमा तानेको थियो ।
बारामा कार्यरत रहेकाले तस्करीको संजालका जानकार उनले पुनः शक्ति प्रयोग गरी बारामा जान सफल भएका छन् । रौतहटबाटै दरबन्दीमा पठाउनू भनेर आईजीपीले दिएको निर्देशनबिपरीत उनलाई बारामा खटाइएको छ ।
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले केही समयभित्रै मुलुकमा फेरि नयाँ राजनीतिक परिस्थिति निर्माण हुने दाबी गरेका छन्। शनिबार पार्टी केन्द्रीय...
काठमाडौं । काठमाडौं उपत्यकामा एकैदिन सवारी नियम उलङ्घन गर्ने ३३६ सवारीसाधनलाई कारबाही गरिएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले दिएको जानकारी अनुसार गएको...
काठमाडौं । जलवायु परिवर्तनका असर न्यूनीकरण तथा अनुकूलन क्षमता अभिवृद्धिका लागि नेपालले प्रस्ताव गरेका तीनवटा परियोजनाका अवधारणापत्र अनुकूलन कोषको ४७औँ बोर्ड बैठकबाट स्वीकृत भएका...
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले सम्झौता नगरे अमेरिकाले ‘एपिक फ्युरी’जस्तै अर्को सैन्य अभियान सञ्चालन गर्न सक्ने चेतावनी दिएका छन् । यद्यपि, उनले दुवै...
काठमाडौँ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमा हालै घटेका अकल्पनीय प्राकृतिक विपद्का घटनाले नेपालमा जलवायुको असरको अवस्थालाई पुनः उजागर गरेको बताएकी छन्। चाइना इन्स्टिच्युट अफ इन्टरनेसनल स्टडिजद्वारा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend