जनकपुर । बारामा बदनाम भएपछि प्रहरी प्रधान कार्यालयले १ नम्बर गणमा तानेका एक प्रहरीलाई मधेश प्रदेश प्रहरी कार्यालयले पुनः बारामै काज सरुवा गरेको छ । असई महम्मद हुसेनलाई बारामा घुमुवाका रुपमा अनियमिततामा मुछिएको गुनासोपछि एक बर्षअघि गणमा तानिएको थियो । गणमा ५ महिना राखिएपछि प्रहरी प्रधान कार्यालयको उजुरी छानबिनका एसपी प्रकाश मल्लले जिल्ला प्रहरी कार्यालय रौतहटमा काजसरुवा गरिदिएका थिए ।
रौतहटमा घुमुवाका रुपमा ३ महिनादेखि कार्यरत हुसेनको दरबन्दी कोशी प्रदेशको मोरङमा हो । ९ मंसिर, ०८१ मा हुसेनलाई दरबन्दीमा फिर्ता गरेको पत्र मधेश प्रदेश प्रहरी कार्यालयदेखि मोरङ, कोशी प्रदेश प्रहरी कार्यालय, प्रहरी प्रधान कार्यालय कर्मचारी प्रशासन शाखामा पुगिसकेको छ । तर मानवस्रोत विभागका एआईजी भीम ढकालको निर्देशन र मधेश प्रदेश प्रहरी कार्यालयको आदेशमा जिल्ला प्रहरी कार्यालयका एसपी दिलीप घिमिरेले हुुसेनलाई जिल्ला प्रहरी कार्यालय बारामा खटाएको पत्र दिएका छन् ।
कोशी, मधेश प्रदेशदेखि सबैतिर मोरङमा काजफिर्ता गरेको पत्र पुगिसकेको अवस्थामा फेरि जिल्ला प्रहरी कार्यालय बारामा रमाना दिइएको छ ।
रौतहटमा सादा पोशाकमा काज सरुवा गरेका असई मोहम्मद हुसेनका बारेमा पुनः गुनासो आएपछि आईजीपी बसन्तबहादुर कुँवरले दरबन्दी रहेको मोरङमा रमाना दिन निर्देशन दिएका थिए ।
हुसेन एक बर्षअघिसम्म दरबन्दीमा नगई बारामा घुमुवा थिए । धेरै गुनासा आएपछि उजुरी छानबिन शाखाले उनलाई १ नम्बर गण नक्सालमा तानेको थियो ।
बारामा कार्यरत रहेकाले तस्करीको संजालका जानकार उनले पुनः शक्ति प्रयोग गरी बारामा जान सफल भएका छन् । रौतहटबाटै दरबन्दीमा पठाउनू भनेर आईजीपीले दिएको निर्देशनबिपरीत उनलाई बारामा खटाइएको छ ।
काठमाडौँ । नेपाल प्रहरीले विपद्का बेला राहत सामग्री सुरक्षाकर्मीले आफैँले लिएको, वितरण नगरेको वा सामग्री सड्न दिएको भन्ने आशयका सामाजिक सञ्जालमा फैलाइएका सूचना भ्रामक...
काठमाडौं । ठमेल क्षेत्रमा गैरकानुनी रूपमा बसोबास गरी शंकास्पद गतिविधिमा सङ्लग्न रहेको अभियोगमा प्रहरीले १० जना बङ्गलादेशी नागरिकलाई पक्राउ गरेको छ । विभिन्न होटल तथा...
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौँ। रसुवाको गोसाईंकुण्ड गाउँपालिका–५ रोङ्गा स्थित रसुवा भोटेकोशी जलविद्युत आयोजनाको टनेलमा एक जनाको शव भेटिएको छ। ड्रोन प्रयोग गरेर खोज तथा उद्धार गर्दा एक जनाको...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend