Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • डोटीमा  ट्याक्टर दुर्घटना,  एकको मृत्यु


    बिहिबार, बैशाख ४ २०७७
    675
    Shares
  • १ मिनेट पाठ
  • डोटी,४ बैशाख । डोटीमा  ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको दीपायल सिलगढी नगरपालिका–२ बगर भन्ने ठाउँमा गएराति उक्त दुर्घटना भएको हो ।

    जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी उपरीक्षक दिलीपसिंह देउवाले दुर्घटनामा सोही वडाका कैलाश बोगटीको ज्यान गएको जानकारी दिए ।

    खुल्लेकबाट खाद्य सामग्री पु्र्याएर दीपायल आउँदै गरेको से२त ३५४३ नंको उक्त ट्याक्टर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । दुर्घटनामा परी मृत्यु भएका चालकको शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कर्णबहादुर बोहराले जानकारी दिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार