Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • दुबइकी राजकुमारी तीन सय करोड लिएर भाग्नुको रहस्य खुल्दै


    बिहिबार, असार १९ २०७६
    595
    Shares
  • ३ मिनेट पाठ
  • काठमाडौं, १९ असार (एजेन्सी) । केहि दिनअघि दुवइकी राजकुमारी आफ्ना दुई सन्तानसहित तीन सय करोड रुपैयाँ लिएर भागेको खबरले विश्वलाई नै चकित बनायो । तर, अहिले विस्तारै यस घटनाको पर्दा खुल्न थालेको छ ।

    दुबईकी राजकुमारी हया बिन्त अल हुसैन ले आफ्ना श्रीमान शेख मोहम्मद अल मकतूमले उनकी जेठी छोरीलाई कैद गरेर यातना दिइरहेको भन्ने कुरा थाहा पाएपछि महिनौं दिनसम्म भाग्ने योजना बनाएको खुलासा भएको छ ।

    देशका शासकले आफ्नै छोरी राजकुमारी लतिफामाथि गरेको व्यवहारका कारण ४५ वर्षे राजकुमारी हयाले दुबई छोडेको पत्ता लागेको छ । रिपोर्टमा बताए अनुसार उनले यस वर्षको शुरुवातदेखि नै भाग्ने योजना बुनिरहेको र मे महिनामा ब्रिटेन उड्नुअघि जर्मनी भागेकी थिइन् ।

    राजकुमारी हया आफ्ना ११ र सात वर्षका दुई सन्तानसहित ब्रिटेनमा लुकिरहेको बताइएको छ । उनले ६८ वर्षका बिलियनेर श्रीमानसँग सम्बन्धविच्छेदका लागि प्रक्रिया चालेको बताइएको छ ।
    उनी वेस्ट लण्डनको केन्सिङ्टनस्थित आफ्नो ८५ मिलियन पाउन्डको घरमा बसिरहेको बताइन्छ । ब्रिटेनमा शरण लिएकी दुबईका शासककी श्रीमतीलाई ‘ज्यानको खतरा’

    पारिवारिक श्रोतले मेल अनलाईनलाई भनेको छ, ‘राजकुमारी हयालाई उनका श्रीमानले आफ्नै छोरीमाथि गरेको क्रुर व्यवहार थाहा भएको र आफूमाथि पनि यस्तै हुने हो कि भन्ने डर भएकाले यस्तो गरेकी हुन् ।’

    ‘गत वर्ष लतिफा दुबई छोडेर भागेकी थिइन् । शेखा लतिफा एक फ्रान्सेली व्यक्तिको मद्दतले डुङ्गामार्फत् दुबईबाट फरार भएकी थिइन् तर उनलाई भारतको तट नजिकै हतियारधारी रक्षकले हिरासतमा लिएर दुबई फिर्ता पठाएका थिए । आफ्नै छोरीलाई जेलमा राख्ने कस्ता पिता हुन् ?’

     
    दुबईका साशकले छोरीलाई कसैले अपहरण गरेको र उनलाई तुरुन्त उद्धार गर्नुपर्ने हयालाई बताएका थिए ।

    श्रीमानको यो कुरा हयाले शुरुमा विश्वास पनि गरेको तर लतिफालाई जबरजस्ती दुबई फिर्ता गराएर उनलाई यातना दिएर कैद गरिएको थाहा पाइन् । ‘राजकुमारी निकै बुद्धिमान छिन् । उनलाई श्रीमान र उनका आसेपासेले वास्तविकता लुकाएको भन्ने कुरा थाहा पाएपछि दुबईबाट भागेकी हुन् ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार