Nepal Face
  • आइतबार, १० साउन २०८३
  • काठमाडौँमा एक महिलामा  एन्टीबडी पोजेटिभ


    बिहिबार, बैशाख ४ २०७७
    620
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौं, ४ बैशाख । काठमाडौँमा एक महिलाको र्‍यापिड टेस्टका क्रममा एन्टीबडी पोजेटिभ देखिएको छ । इटलीबाट आएकी ३१ वर्षीया महिलामा कोरोना पोजेटिभ देखिएको हो । 
    बूढानीलकण्ठ नगरपालिकाले विदेशबाट आएकाहरुको र्‍यापिड डाइग्नोस्टिक टेष्ट (आरडीटी) विधिबाट कोरोना सं‌क्रमण परीक्षण  सुरु गरेको थियो । त्यसक्रममा उनी आफैं जाँच गराउन आइपुगेकी थिइन् ।

    मेयर उद्धवप्रसाद खरेलले २२ दिनसम्म घरमै क्वारेन्टाइनमा बसेको थिएँ भन्दै आउनुभयो । टेष्ट गर्दा पोजेटिभ आएको बताउनुभयो । उनले भने, उहाँ विदेशबाट आउनु भएको स्थानीय तहको रेकर्डमा थिएन ।’

    चैत पहिलो साता आएकी उनले १४ दिन क्वारेन्टाइनमा बसेपछि आफन्तसँग भेटघाट गर्ने गरेको पाइएको छ ।

    बुधबार भएको टेष्टमा एन्टीबडी पोजेटिभ आएपछि पीसीआर विधिबाट परीक्षणका लागि स्वाब संकलन गरी पठाइएको छ ।

    र्‍यापिड टेष्टमा खटिएका डाक्टर, उनका एक सहयोगी र ल्याबका तीन जनालाई क्वारेन्टाइनमा राखिएको छ ।

    मेयर खरेलकाअनुसार स्थानीय तहले विदेशबाट आएकाहरुलाई सूचीकृत गर्न भनेको थियो । तर धेरैले नगरेको पाइएको छ । अहिले र्‍यापिड टेष्टका क्रममा भने उनीहरु सम्पर्कमा आएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार