काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयको उजुरी छानबिन गर्ने ठाउँबाटै विवादित र आर्थिक अनियमितता गरेका दर्जनौं उजुरी परेकाहरुलाई अनुगमन गर्ने भन्दै सादा पोशाकमा खटाउने गरिएका एकपछि अर्को तथ्य आइरहेका छन् ।
सीआईबीमा दबरन्दी भएका हवल्दार रामबिश्वास यादवलाई उजुरी छानबिनका हाकिम एसपी प्रकाश मल्लले पर्सामा खटाएको र उनी यातायात कार्यालय बीरगंजका प्रमुख धर्मेन्द्र कर्णसँग १५ लाख घुस मागेको बिषयमा छानबिनमा छन् । महोत्तरीका घुमुवाका बारेमा थुप्रै उजुरी पर्दा पनि लुकाइएको बिषय पनि आएको छ ।
यसैक्रममा एसपी मल्लले नै रौतहटमा सादा पोशाकमा काज सरुवा गरेका असई मोहम्मद हुसेनका बारेमा फेरि पनि गुनासो आएपछि आईजीपी बसन्तबहादुर कुँवरले रमाना दिन निर्देशन दिए । हुसेनको दरबन्दी कोशी प्रदेशको मोरङमा हो । जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी दिलीप घिमिरेले आईजीपी कुँवरको निर्देशन अनुसार आइतबार (मंसिर ९)मा रमानापत्र तयार गरी प्रदेश प्रहरी कार्यालय कोशी, जिल्ला प्रहरी कार्यालय मोरङ र मधेश प्रदेश प्रहरी कार्यालयमा पठाए । यी तीन कार्यालयका अतिरिक्त प्रहरी प्रधान कार्यालयको कर्मचारी प्रशासन शाखामा समेत बोधार्थ पठाइएको रमानापत्र स्वयं हुसेनलाई भने ५ दिनसम्म पनि दिइएको छैन । उनी रौतहटमै बिहीिबार बिहानसम्म घुमुवाका रुपमा कार्यरत छन् ।
दरबन्दी रहेको कार्यालय र प्रदेशका अतिरिक्त काजमा कार्यरत रहेको प्रदेश र प्रधान कार्यालयमा बोधार्थ पुगेको पत्र काजफिर्ता गरिएका हुसेनको हातमा नदिई उनलाई पुनः रौतहटमै काजमा राख्ने चलखेल भइरहेको छ । रौतहटका एसपी दिलीप घिमिरेले नै मानवस्रोत विभागका प्रमुख एआईजी भीम ढकाललाई अनुरोध गरी उनको काज रौतहटमै गराउन लागिएको छ । अवकाशको मुखमा रहेका एआईजी ढकाललाई उनले पुनः काज गरिदिन अनुरोध गरेको स्रोत बताउँछ ।
एसपी घिमिरे दबाबमा परेका हुन् कि उनी पनि असई हुसेनबाट लाभान्वित भएर हो, उनले रमाना दिनुभन्दा थमौतीतिर केन्द्रित भएको स्रोत बताउँछ । तुलनात्मक रुपमा आर्थिक अनियमिततमा नपर्ने स्वभावका एसपी घिमिरेलाई उजुरी छानबिनकै एसपी मल्लले दबाब दिएको बताइन्छ ।
हुसेन एक बर्षअघिसम्म दरबन्दीमा नगई बारामा घुमुवा थिए । धेरै गुनासा आएपछि उजुरी छानबिन शाखाले उनलाई १ नम्बर गण नक्सालमा तानिए । गणमा आएपछि एसपी मल्लसँग नेटवर्क मिलाएर उनलाई तराईमा अनुगमनका नाममा सादा पोशाकमा खटाइएको थियो । बारामा कार्यरत रहेकाले तस्करीको संजालका जानकार उनले प्रहरी प्रधान कार्यालयबाटै सादा पोशाकमा खटिएर दररेट असुली गर्नुसम्म गरी खुसी पारेपछि उनको काज तीन महिनाअघि रौतहटमा भएको थियो । एसपी मल्लले नै उनलाई रौतहटमा काजसरुवा गर्नका लागि सिफारिस गरेका थिए ।
दरबन्दी मोरङमा हुँदाहुँदै रौतहटमा काजमा पठाएर मल्लले आईजीपी कुँवरको नीतिको उल्लंघन गरेका थिए । आईजीपी कुँवर सधैं दरबन्दी फिर्ता हुनुपर्ने नीति लागू गर्नुपर्ने पक्षमा रहँदैआएका छन् ।
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने जस्तोसुकै अवैध क्रियाकलाप रोक्न सशस्त्र प्रहरी पूर्णरुपमा प्रतिवद्ध रहेको बताएका छन् । साउन ८ गते...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौ । काठमाडौं महानगरपालिकाको आर्थिक र नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाको प्राविधिक सहयोगमा काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा संचालन गरेको आधारभूत प्राथमिक उपचार...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend