काठमाडौं, ३ वैशाख ।
सनसिटी अपार्टमेन्टमा बसोबास गर्ने आमाछोरामा देखिएको कोरोना भाइरस संक्रमण आयातित भएको निष्कर्षमा सरकारी अधिकारीहरु पुगेका छन् । उनीहरु लण्डनबाट कतारको दोहा हुँदै चैत ४ मा काठमाडौं आएका थिए । उनीहरुलाई लण्डनमै कोरोना लागेको आशंका गरी सोमबार ¥यापिड टेष्ट गर्दा पोजेटिभ देखिएपछि पीसीआर परीक्षण गरिएको थियो ।
पीसीआर परीक्षणमा ८१ बर्षीया आमा र छोरामा पोजेटिभ देखिएको थियो । बुहारीमा भने पीसीआर परीक्षणमा नेगेटिभ देखिएको थियो । उनीहरुमा नेपाल आएको २८ औं दिनमा कोरोना पोजेटिभ देखिएको थियो । बुहारीको परीक्षणमा रिपोर्ट नेगेटीभ देखिएपछि आमाछोरामा देखिएको कोरोना संक्रमण आयातित भएको निष्कर्ष सरकारी इपिडिमियोलोजी तथा संक्रामक रोग महाशाखाले दिएको छ ।