Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सनसिटीका कोरोना संक्रमितको सम्पर्कमा आएका ३९ जनाको रिपोर्ट नेगेटिभ


    बुधबार, बैशाख ३ २०७७
    1K
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौँ, ३ बैशाख । काठमाडौंको सनसिटी अपार्टमेन्टमा बस्ने कोरोना पोजेटिभ देखिएका दुई जना काठमाडौँ महानगरपालिकाको वडा नम्बर–५ को समेत सम्पर्कमा पुगेको जानकारीसँगै त्यहाँका ३९ जनाको र्‍यापिड टेस्ट गरिएको छ ।

    काठमाडौँ महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यले अपार्टमेन्टमा रहेका दुई संक्रमित चैत्र ९ गते वडा–५ मा उपस्थित भएको प्रमाणित भएसँगै वडा–५ का जनप्रतिनिधि, कर्मचारी र राहत वितरणमा खटेका सबैको र्‍यापिड टेस्ट गरेको जानकारी दिनुभयो ।

    वडा नम्बर–५ का अध्यक्ष डंगोलले पनि उहाँहरु चैत ९ गते दिउँसो १२ बजेतिर छोरीको जन्मदर्ता गर्नका लागि वडाको सम्पर्कमा आएको र उहाँहरुको काम सम्पन्न गरेर पठाएको जानकारी दिनुभयो । ‘उहाँहरु चैत ९ गते १२ बजेतिर वडामा दुबै जना बुढाबुढी आउनु भएको थियो । हामीले उहाँहरुको काम गरेर चिया खुवाएर पठायौँ,’ डंगोलले भन्नुभयो, ‘पछि उहाँहरुमा कोरोना पोजेटिभ देखियो भनेपछि हामीले उहाँहरुसँग सम्पर्कमा रहेको आशंकामा यहाँका जनप्रतिनिधि, कर्मचारी र राहतमा खट्ने सबैकोर्‍यापिड टेस्ट गर्यौँ । उहाँहरु सबैको रिपोर्ट नेगेटिभ आएको छ ।’

    काठमाडौँ क्षेत्र नम्बर–५ का प्रदेश सांसद नारायण सिलवालले पनि ३९ जनाको र्‍यापिड टेस्ट गरेको र सबैको रिपोर्ट नगेटिभ आएको जानकारी सामाजिक सञ्जालमार्फत दिनुभएको छ । उहाँले आफू र वडाध्यक्षको समेत टेष्ट नेगेटिभ आएको जानकारी दिनुभयो ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार