Nepal Face
  • आइतबार, १० साउन २०८३
  • चितवनका एक जनामा एन्टीबडी पोजेटिभ


    बुधबार, बैशाख ३ २०७७
    730
    Shares
  • २ मिनेट पाठ
  •  चितवन, ३ बैशाख। चितवनको रत्ननगरमा एक जनामा एन्टीबडी पोजेटिभ देखिएको छ ।

    बुधबार रत्ननगर नगरपालिकाका ३९ जनाको र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) परीक्षण गर्दा  विधिबाट कोरोना संक्रमण परीक्षण गर्दा ४७ वर्षका पुरुषमा पोजेटिभ नतिजा देखिएको हो ।

    अस्पतालका प्रशासन प्रमुख मोहन खड्काका अनुसार हाल उनलाई रत्ननगरकै गुञ्जमान सिंह अस्पतालको आइसोलेसन वार्डमा राखिएको छ । उनको अवस्था सामान्य रहेको र कोरोना संक्रमणको कुनै लक्षण नदेखिएको  हो ।

    रत्ननगर नगरपालिकाकै बासिन्दा ती व्यक्ति ३२ दिनअघि दक्षिण कोरियाबाट नेपाल आएका थिए । उनको प्रयोगशाला परीक्षणका लागि स्वाब संकलन गरी भरतपुर कोरोना प्रयोगशालामा पठाइएको छ ।

    रत्ननगर नगरपालिकाको वडा नम्बर १० देखि १६ सम्म विदेशबाट आएका र उनीहरुको सम्पर्कमा रहेकाहरुको मंगलबार र बुधबार आरडीटी विधिबाट कोरोना संक्रमण परीक्षण गरिएको थियो ।

    त्यस क्रममा एक जनाको मात्र नतिजा पोजेटिभ आएको हो । सात जनाको स्वाब संकलन गरी भरतपुरको कोरोना प्रयोगशालामा पठाइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार