Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कोरोना संक्रमित महिलासँग दाङ पुगेका तीन जनाको रिर्पाट नेगेटिभ


    बुधबार, बैशाख ३ २०७७
    830
    Shares
  • २ मिनेट पाठ
  • दाङ, ३ बैशाख । कोरोना संक्रमित महिलासँग दाङ पुगेका तीन जना व्यक्तिको स्वास्थ्य परीक्षणमा नेगेटिभ रिर्पाट आएको छ । घोराही निवासी यी तीनै जना वीरगञ्जबाट कैलाली पठाइएकी ६५ वर्षीया कोरोना संक्रमित महिलासँगै थिए ।

    दाङको बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालमा उपचाररत व्यक्तिहरुको नमूना संंकलन गरी परीक्षणका लागि काठमाडौं पठाइएकोमा तीन जनाको रिपोर्ट नेगेटिभ आएको हो । 

     तीनै जनाको रिपोर्ट नेगेटिभ आउनु दाङका लागि सुखद भएको कोरोना विशेष अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सर्बेश शर्माले बताए ।

    कोरोना विशेष अस्पताल बेलझुण्डीबाट नौ जनाको थ्रोट स्वाबको नमूना परीक्षण गर्न मंगलबार काठमाडौं पठाइएको थियो । उनीहरुमध्ये कैलालीकी महिलासँगै यात्रा गरेका तीन जना र अर्का एक जना गरी चार जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

    अन्यको रिपोर्ट भने आउन बाँकी रहेको डा. शर्माले जनकारी दिए ।

    सोमबार कैलालीकी ६५ वर्षीया एक महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो । गत चैत ९ गते उनी, छोरा र नातेदारसहित १५ जना भारतको बिहारबाट वीरगञ्ज आइपुगेका थिए । त्यस रात वीरगञ्जमै बसेका उनीहरुलाई अर्को दिन स्थानीय प्रशासनले कैलाली पठाइदिएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार