रौतहट – नेपालको प्रमुख द्वार तथा आर्थिक नगरी बिरगंज संग सिमाना जोडिएको भारतीय सहर रक्सौलमा एकजना नेपाली युवक ठूलो परिमाणमा लागुऔषध सहित पक्राउ परेका छन्। गोप्य सूचनाको आधारमा भारतीय प्रहरीले छापा मारेर ठूलो परिमाणमा लागुऔषधसहित बिरगंजका युवा राजा हुसैनलाई पक्राउ गरेको हो।
मोतिहारी जिल्लाका एसपी स्वर्ण प्रभातले रक्सौल प्रहरी चौकी र एन्टी लिकर टास्क फोर्सको संयुक्त टोलीले ४२ लाख रुपैयाँ बराबरको लागुऔषध सहित राजा हुसैन लाई सनिवार पक्राउ गरेको बताएका छन् ।
हुसैनको साथबाट ठूलो परिमाणको चरेस, ब्राउन सुगर,कोरेक्स सिरप, खाली कोरेक्सका डब्बा, नेपाली नम्बरको स्कुटर र मोटरसाइकल बरामद गरिएको एसपी प्रभातले जानकारी दिएका छन्। पक्राउ परेका राजा हुसैन वीरगञ्ज मुर्ली टोलका बासिन्दा हुन्।
एसपी स्वर्ण प्रभातका अनुसार बरामद लागुऔषधको बजार मूल्य ४२ लाख रुपैयाँभन्दा बढी रहेको अनुमान गरिएको छ।
पक्राउ परेका हुसैन प्रहरी नियन्त्रणमा रहेको तथा आवश्यक अनुसन्धान पश्चात कारबाहीका प्रक्रिया अगाडि बढाउने जिल्ला प्रहरी कार्यालय मोतीहारीले जनाएको छ।
वीरगन्ज। वीरगन्जस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित क्यासिनोबाट प्रहरीले ५ जनालाई पक्राउ गरेको छ। वीरगन्ज महानगरपालिका वडा नम्बर १४ गण्डकस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित रोयल...
सुनसरी । सुनसरीमा प्रहरीले एम्बुलेन्समा लोड गरिएको अवस्थामा ५७४ किलो ८७० ग्राम गाँजा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार सोमबार बिहान उज्यालो हुनुअघि...
काठमाडौँ। जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठलाई प्रहरीले फेरि पक्राउ गरेको छ। पत्रकार श्रेष्ठलाई नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले आज बिहान नक्खुस्थित घरमै पुगेर नियन्त्रणमा लिएको...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले जनतालाई केन्द्रमा राखेर काम गर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन् । शुक्रवार ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै...
काठमाडौँ । मलेसिया जाने नेपाली कामदारको स्वास्थ्य परीक्षण तथा बायोमेट्रिक गर्ने संस्थाका सञ्चालक पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले मलेसिया जाने कामदारको बायोमेट्रिक...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend