Nepal Face
  • शुक्रबार, ७ कार्तिक २०८३
  • गगन थापा भन्छन् : मानवतस्करी र सहकारी ठगी गर्नेहरु सत्तानिकटै भए अनुसन्धानको दायरामा आउनुपर्छ


    शनिबार, कार्तिक २४ २०८१
    1.5K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले गल्ती गर्नेहरु जोसुकै भए पनि कानुनी प्रक्रिया अनुसार अनुसन्धानको दायरामा आउनुपर्ने बताएका छन् ।

    छठको अवसरमा सपरिवार मधेश प्रदेशमा पुगेका महामन्त्री थापाले स्व. गणेशमान सिंहको जन्मजयन्तीको स्मरण गर्दै सामाजिक संजालमा लेखेका छन्–कोहीप्रति कुनै प्रकारको पूर्वाग्रह वा पक्षपात नगरी कानुनले स्वतन्त्र र निर्भीक रूपमा आफ्नो काम गर्न पाउनुपर्छु कानुनी शासनको मान्यता यही हो ।
    कानुनविपरीत कार्य गर्ने सबै जना कानुनी प्रक्रियाअनुसार अनुसन्धानको दायरामा आउनुपर्छ ।

    सहकारी प्रकरण होस् की जनप्रतिनिधि मानवतस्करीमा संलग्न रहेको प्रकरण होस्, यस्ता प्रकरणमा संलग्न सत्ताको नजिकको होस की टाढाको होस्, नयाँ होस् कि पुरानो होस्, भीडको होस् कि टाकुराको होस्, एक्लो होस् की शक्तिशाली होस् कानुन सबैको लागि बराबर हुनुपर्छ । गल्ती गर्नेले सजाय भोग्नुपर्छ । सबै कानुनी दायरामा आउनुपर्छ र सबैले आफ्नो भागको कानुनी दायित्व बोक्नुपर्छ ।

    कुनै पनि व्यक्तिलाई राज्यले क्भभिअतष्खभ ढङ्गले हेर्न पाइँदैन । यो विचार, आबद्धता वा पृष्ठभूमिको आधारमा हुने छनोटको विषय होइन, विधिको विषय हो । म यो मान्यतामा अटल विश्वास गर्छु । त्यसैले बन्द कोठाको बैठकमा होस् कि सार्वजनिक स्थानमा होस्, पार्टी सरकारमा हुँदा होस् कि प्रतिपक्षमा हुँदा होस् मेरो यो मान्यता र विश्वास बदलिँदैन ।

    आज गणेशमान सिंहको जन्म जयन्ती, हामीले गणेशमान सिंहबाट सिकेको पनि यही हो । उहाँका अटल विश्वास, आदर्श र निष्ठाको स्मरणसहित हार्दिक श्रद्धा सुमन !

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार