Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कोरोना कोषमा कैदीले गरे १० हजार सहयोग


    बुधबार, बैशाख ३ २०७७
    685
    Shares
  • २ मिनेट पाठ
  • डोटी, ३ बैशाख । कोरोना रोकथाम कोषमा डोटीमा रहेका कैदीहरुले सहयोग गरेको छ । जिल्ला कारागार, डोटीका कैदीबन्दीहरूले सरकारले स्थापना गरेको उक्त कोषमा सहयोग गरेका हुन् ।

    कारागारमा रहेका तीन महिलासहित ४९ कैदीबन्दीहरूले कोरोनाविरुद्धको लडाइँमा ऐक्यबद्धता जनाउँदै कोरोना कोषमा १० हजार ९५ रुपैयाँ प्रदान गरेका हुन् ।

    बुधवार उनीहरूले उक्त सहयोग रकम डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेललाई हस्तान्तरण गरे ।

    कैदीवन्दीहरूले एक दिनको सिदाबरावर पाउने रकम सहयोग गरेको कारागारका चौकीदार दीपेन्द्र जेठाराले जानकारी दिए । उनले भने, ‘मुलुक संकटमा परेका बेला हामीहरूले पनि केही सहयोग गर्नुपर्छ भनेर छलफल गर्‍यौं, सबै साथीहरू सहमत हुनु भयो र एक दिनको सिदा बरावरको रकम जम्मा गर्‍यौं,’ सहयोगबारे जानकारी दिँदै जेठारले भने ।

    सहयोग रकम बुझ्दै प्रमुख जिल्ला अधिकारी पौडेलले कैदीबन्दीहरूलाई धन्यवाद दिए । कैदीबन्दीबाट प्राप्त सहयोग रकम बुधबार नै नेपाल सरकारले स्थापना गरेको कोषमा जम्मा गरिने उनले जानकारी दिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार