Nepal Face
  • आइतबार, १० साउन २०८३
  • विश्व स्वास्थ्य संगठनलाई सहयोग गर्न राष्ट्रसंघको अनुरोध


    बुधबार, बैशाख ३ २०७७
    760
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौं, ३ बैशाख । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) लाई सबैले सहयोग गर्नुपर्नेसंयुक्त राष्ट्रसंघ (यूएन)का महासचिव एन्टोनियो गुथ्रेसले बताएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डब्लुएचओलाई दिँदै आएको सहयोग रोक्ने घोषणा गरेसँगै गुथ्रेसको यस्तो भनाइ आएको हो ।

    मंगलबार गुथ्रेसका प्रवक्ताले सार्वजनिक गरेको विज्ञप्तिमा उनले कोरोना भाइरस ९कोभिड(१९० को महामारी चलिरहेको अवस्थामा डब्लुएचओको भूमिका निकै महत्वपूर्ण हुने बताएका छन् । विश्व अहिले महामारीमा रहेको अवस्थामा डब्लुएचओ वा अन्य कुनै मानवीय संस्थाको स्रोत साधन कटौती गर्ने समय नरहेको उनको भनाइ छ ।

    कुनै पनि महामारी कसरी उत्पन्न भयो र त्यसको सामना कसरी गर्ने भन्ने कुरा बुझ्न केही समय लाग्ने भन्दै गुथ्रेसले डब्लुएचओको बचाउ गरे । उनले यस किसिमको शिक्षा भविष्यमा उत्पन्न हुन सक्ने यस्ता महामारीमा पनि काम लाग्ने उनको भनाइ थियो ।

    गुथ्रेसले अहिले महामारी रोक्न अन्तर्राष्ट्रिय समुदायको बीचमा एकता जरुरी रहेको औंल्याए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार