प्रकृति अधिकारी
१. आज पाठ्यक्रम विकास केन्द्रले विकास गरेका प्राथमिक तहका पाठ्यक्रम र पाठ्यपुस्तक सरसर्ती हेरेँ । कक्षा ४ र ५ को तुलनात्मक रूपमा कठिन रहेछ । प्राथमिक तहमा विषयगत शिक्षक भन्ने हुँदैन । नेपाली विषय पृष्ठभूमि भएकाले अंग्रेजी, विज्ञान र गणित पनि पढाउनुपर्छ ।
अंग्रेजी वा विज्ञान पृष्ठभूमि भएकाले नेपाली पनि पढाउनुपर्छ । नेपाली, अंग्रेजी, विज्ञान र गणित विषय नपढेकाले पनि ती विषय पढाउनुपर्छ । शिक्षक सेवा आयोगले लिने परीक्षामा उत्तीर्ण हुनु र कक्षाकोठामा अध्यापन गर्नु फरक कुरा हो । कक्षा १, २ र ३ मा एकीकृत पाठ्यक्रम भएकाले ठिकै छ एउटै शिक्षकले अध्यापन गरुन् तर कक्षा ४ र ५ मा त विषयगत शिक्षक चाहिन्छ नै । अहिलेसम्म आवश्यक परेन, अब किन चाहियो भन्ने तर्कसँग सहमत हुन सकिन्न ।
सामुदायिक विद्यालयमा आधार (जग) नै कमजोर भएपछि माथि छाना बलियो वा पक्का हुने कुरै भएन । तसर्थ जग बलियो बनाउनुपर्छ अनि माथि कमजोर भयो भनेर भन्ने नैतिक आधार हामीसँग रहला । जग नै कमजोर भएपछि हामीले एसइईको नतिजा कमजोर भयो भनेर डाको छोडेर रुनुको कुनै अर्थ रहँदैन ।
२. निजी विद्यालयले कक्षा १ भन्दा अगाडि कम्तीमा तीन वर्ष पठनपाठन गर्छ । सामुदायिक विद्यालयमा इसिडीपछि कक्षा १ मा भर्ना गरिन्छ । इसिडीमा खासै अक्षर लेख्न जानेकै हुँदैनन् तर कक्षा १ को अंग्रेजी पाठ्यपुस्तकमा पहिलो पाठमा नै जोनी जोनी एस पापा…राखिएको छ । हे भगवान, के तमासा हो ? नेपाली त्यस्तै छ । अरु त्यस्तै छ । पहिले त विद्यार्थीले अक्षर चिन्नु पर्यो, मजाले लेख्न सक्नुपर्यो, अर्थ बुझ्न सक्नुपर्यो । इसिडीमा खेलाउने हो पढाउने होइन भन्ने गरिन्छ जबकि नपढाउने हो भने कक्षा १ मा उकाल्नु त गलत हुनेछ । किनकि ठूलो खाडल छ । तसर्थ अहिलेकै पाठ्यक्रम रहने हो भने इसिडी र कक्षा १ को बीचमा कुनै पुल आवश्यक पर्ने देखियो ।
पाठ्यक्रम विकास केन्द्रमा निजामतीतर्फका जागिरे विज्ञहरू हुनुहुन्छ । त्यहाँ जोडिनुभएका शिक्षक पनि विज्ञ हुनुहुन्छ । हामी शिक्षण पेसामा संलग्न नभएकालाई यी पाठ्यक्रम र पाठ्यपुस्तक देख्दा असहज लाग्दोरहेछ । मेरो नितान्त व्यक्तिगत बुझाइमात्र हो । म गलत पनि हुन सक्छु तर हामी बाहिरबाट हेर्नेले प्राथमिक तहको जग बलियो बनाउन कक्षा ४ र ५ मा विषयगत शिक्षक त चाहिन्छ भन्ने नै हो । यो भन्दैमा हाल अध्यापन गरिरहनुभएका प्राथमिक तहका शिक्षकलाई अन्डरइस्टिमेट गर्न खोजिएको होइन । कनिकुथी वा घोकेर पढ्ने पढाउने गर्दा गुणस्तर पक्कै बढ्दैन ।
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
मोहनकुमार घिमिरे संघीय निजामती सेवा ऐन मुलुकको प्रशासन चलाउने एउटा अर्को कानुनमात्र होइन, यो राज्य र निजामती कर्मचारीबीचको सम्बन्ध, जिम्मेवारी, अधिकार, सेवा–सर्त र उत्तरदायित्व निर्धारण...
सम्राट उपाध्याय काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई शनिबार मध्यराति प्रहरीले नियन्त्रणमा लियो । ब्यवहारिक रुपमा जबरालाई पक्राउ गरिए पनि सैद्धान्तिक रुपमा सुरक्षा प्रदान गरेको दाबी...
सुयोग शर्मा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा बिपद ब्यवस्थापन सम्बन्धी बृहत् छलफल संवाद कार्यक्रम मिनी कुम्भमेला आयोजना गरिएको थियो । जसमा पूर्व महानिर्देशक, सचिव, पूर्व...
क्षितिजविक्रम खनाल नेपाली समाजमा हरितालिका तीज केवल एउटा धार्मिक पर्वमात्र होइन, यो नारी जीवनको आध्यात्मिक, सामाजिक र सांस्कृतिक आयामसँग गहिरो रूपमा जोडिएको जीवन्त परम्परा हो...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend