प्रकृति अधिकारी
१. आज पाठ्यक्रम विकास केन्द्रले विकास गरेका प्राथमिक तहका पाठ्यक्रम र पाठ्यपुस्तक सरसर्ती हेरेँ । कक्षा ४ र ५ को तुलनात्मक रूपमा कठिन रहेछ । प्राथमिक तहमा विषयगत शिक्षक भन्ने हुँदैन । नेपाली विषय पृष्ठभूमि भएकाले अंग्रेजी, विज्ञान र गणित पनि पढाउनुपर्छ ।
अंग्रेजी वा विज्ञान पृष्ठभूमि भएकाले नेपाली पनि पढाउनुपर्छ । नेपाली, अंग्रेजी, विज्ञान र गणित विषय नपढेकाले पनि ती विषय पढाउनुपर्छ । शिक्षक सेवा आयोगले लिने परीक्षामा उत्तीर्ण हुनु र कक्षाकोठामा अध्यापन गर्नु फरक कुरा हो । कक्षा १, २ र ३ मा एकीकृत पाठ्यक्रम भएकाले ठिकै छ एउटै शिक्षकले अध्यापन गरुन् तर कक्षा ४ र ५ मा त विषयगत शिक्षक चाहिन्छ नै । अहिलेसम्म आवश्यक परेन, अब किन चाहियो भन्ने तर्कसँग सहमत हुन सकिन्न ।
सामुदायिक विद्यालयमा आधार (जग) नै कमजोर भएपछि माथि छाना बलियो वा पक्का हुने कुरै भएन । तसर्थ जग बलियो बनाउनुपर्छ अनि माथि कमजोर भयो भनेर भन्ने नैतिक आधार हामीसँग रहला । जग नै कमजोर भएपछि हामीले एसइईको नतिजा कमजोर भयो भनेर डाको छोडेर रुनुको कुनै अर्थ रहँदैन ।
२. निजी विद्यालयले कक्षा १ भन्दा अगाडि कम्तीमा तीन वर्ष पठनपाठन गर्छ । सामुदायिक विद्यालयमा इसिडीपछि कक्षा १ मा भर्ना गरिन्छ । इसिडीमा खासै अक्षर लेख्न जानेकै हुँदैनन् तर कक्षा १ को अंग्रेजी पाठ्यपुस्तकमा पहिलो पाठमा नै जोनी जोनी एस पापा…राखिएको छ । हे भगवान, के तमासा हो ? नेपाली त्यस्तै छ । अरु त्यस्तै छ । पहिले त विद्यार्थीले अक्षर चिन्नु पर्यो, मजाले लेख्न सक्नुपर्यो, अर्थ बुझ्न सक्नुपर्यो । इसिडीमा खेलाउने हो पढाउने होइन भन्ने गरिन्छ जबकि नपढाउने हो भने कक्षा १ मा उकाल्नु त गलत हुनेछ । किनकि ठूलो खाडल छ । तसर्थ अहिलेकै पाठ्यक्रम रहने हो भने इसिडी र कक्षा १ को बीचमा कुनै पुल आवश्यक पर्ने देखियो ।
पाठ्यक्रम विकास केन्द्रमा निजामतीतर्फका जागिरे विज्ञहरू हुनुहुन्छ । त्यहाँ जोडिनुभएका शिक्षक पनि विज्ञ हुनुहुन्छ । हामी शिक्षण पेसामा संलग्न नभएकालाई यी पाठ्यक्रम र पाठ्यपुस्तक देख्दा असहज लाग्दोरहेछ । मेरो नितान्त व्यक्तिगत बुझाइमात्र हो । म गलत पनि हुन सक्छु तर हामी बाहिरबाट हेर्नेले प्राथमिक तहको जग बलियो बनाउन कक्षा ४ र ५ मा विषयगत शिक्षक त चाहिन्छ भन्ने नै हो । यो भन्दैमा हाल अध्यापन गरिरहनुभएका प्राथमिक तहका शिक्षकलाई अन्डरइस्टिमेट गर्न खोजिएको होइन । कनिकुथी वा घोकेर पढ्ने पढाउने गर्दा गुणस्तर पक्कै बढ्दैन ।
सुयोग शर्मा भदौ १० गते रसुवामा बाढी आयो । स्वास्थ्यका सबै निकाय परिचालन भए तर एकीकृत र प्रभावकारी हुन सकेनन् । कतै स्वास्थ्य सामग्रीको अभाव...
शसांक रेग्मी बाढीपहिरो पीडितको उद्धार र राहतका लागि नेपाल प्रहरीले आफ्ना कर्मचारीको तलबबाट करिब ४० करोड रुपैयाँ काटेर गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग...
माधव पौडेल काठमाडौं । बाढी आएको आज ७ दिन भइसक्दा पनि बिदुरबाट माथि जान नसकेको सरकारका प्रधानमन्त्री दिनैपिच्छे फेसबुकमा स्टाटस पोष्ट गर्ने र मोनिटाइज्ड पेजबाट...
निशान्त शर्मा वर्तमान सरकारको सबैभन्दा राम्रो काम गर्ने मन्त्री हुनुहुन्छ तपाईं । बधाइ शुभकामना । बाहिर तपाईंहरुले गरेका कामले वाहीवाही पाएर भाइरल हुनुभएको छ तर...
सम्राट उपाध्याय सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहलाई यी काम नलाग्ने सल्लाह चाहिएको छैन, उनी सल्लाह सुन्ने र लिने खालका पनि होइनन् । तर पद सम्हालेको शुरुको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend