काठमाडौं । २०४६ सालको जनआन्दोलनपछि देशमा बहुदलीय व्यवस्था आएपश्चात देशैभरि जनमानसमा खुसियाली छाए पनि देशका कर्णाधार निर्माण गर्ने मेरुदण्डका रुपमा रहेको विद्यालयमा अध्ययन गर्ने विद्यालयका लागि आवश्यक पाठ्यपुस्तक कहिल्यै समयमा नपुगेको यथार्थ विवरणहरु छापामा हरेक वर्ष देखिएको थियो ।
२०४६ सालपछिका कुनै पनि शैक्षिक वर्षहरुमा शैक्षिक सत्र आधा बितिसक्दासम्म पनि पाठ्यपुस्तकहरु विद्यार्थीको हातमा पुग्ने गरेको थिएन । तर यो बर्ष शैक्षिक सत्र सुरु नहुँदै विद्यार्थीको हातहातमा पाठ्यपुस्तकहरु पुगिसकेको समाचार प्रकाशित भइरहेको छ ।
कर्णाली प्रदेशका हुम्ला, जुम्ला, मुगु जस्ता विकट हिमाली जिल्लासहित देशभरका ७ वटै प्रदेशमा विद्यालयस्तरका पाठ्यपुस्तकहरु विद्यार्थीको हातमा पुगिसकेको तथ्याङ्क पाठ्यक्रम विकास केन्द्रले दिएको छ ।
विगतका वर्षमा कागज खरिद, बजेट व्यवस्थापन लगायतका अनेकन समस्याहरुलाई निराकरण गर्दै पाठ्यपुस्तक छपाइ तथा वितरण गर्न वर्तमान पुष्पकमल दहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार सफल भएको छ । प्रचण्ड सरकारको हस्तक्षेपकारी भूमिकाले मात्र समयमा विद्यार्थीको हातमा पाठ्यपुस्तकहरु पुगेको हो । जसका कारण २०४६ पछि सम्भव नभएको कार्य यो शैक्षिक वर्षको अगावै पुगेको हो ।
पाठयपुस्तक वितरणमा देखिएको यो तदारुकताले विद्यार्थी, शिक्षक र अभिभावकलाई निकै सहज बनाएको छ । विगतका वर्षहरुमा जनक शिक्षा सामग्री केन्द्रले कक्षा ४ देखि कक्षा १० सम्मको पाठ्यपुस्तक छपाइ तथा बितरण गर्ने गरेकोमा यस वर्षबाट जनक शिक्षा सामग्री केन्द्रको भार कम गर्दै कक्षा १ देखि कक्षा ५ सम्मका पाठ्यपुस्तक छपाइ तथा वितरणमा निजी क्षेत्रलाई सहभागी गराइ समयमा नै पाठ्यपुस्तक छपाइ तथा वितरण गरिएको हो ।
पाठ्यक्रम विकास केन्द्रले उक्त कक्षा १ देखि कक्षा ५ सम्मका पुस्तकहरु छपाई तथा वितरण देशभरिबाट उनीहरुको क्षमतालाई अध्ययन गरी प्रादेशिक हिसाबले १३ वटा निजी छापाखानाहरुलाई सूचीकृत गरी उक्त जिम्मेवारी दिएको थियो ।
पाठ्यक्रम विकास केन्द्रले सूचीकृत गरेका १३ वटा छापाखानामध्ये ललितपुरमा रहेको समा प्रिन्टर्सले अग्रणी भूमिका निर्वाह गर्दै सबैभन्दा धेरै पाठ्यपुस्तक छपाई तथा बितरण गरेको पाठ्यक्रम विकास केन्द्र स्रोतले जानकारी गरेको छ । उक्त समा प्रिन्टर्सका सञ्चालक पुष्पकमल दहाल ‘प्रचण्ड’ का घरबेटी समेत रहेका व्यवसायी शारदाप्रसाद अधिकारी रहेको जानकारी समेत पाठ्यक्रम विकास केन्दका एक निर्देशकले बताए ।
पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले शैक्षिक वातावरणलाई परिणाममुखी बनाउने योजना अनुसार पाठ्पुस्तक छपाइ तथा वितरणलाई तदारुकताका साथ समर्थन गर्दै देशभरिका पुस्तक व्यवसायीमार्फत् समयमा नै वितरण गरिएको जानकारी समा प्रिन्टर्स, ललितपुरका प्रमुख कार्यकारी निर्देशक अतुल पाण्डेले बताए । आफ्नो दायित्वमा परेका पुस्तक छपाइ तथा वितरण भइरहेको र माग भएको खण्डमा आगामी दिनमा थप पुस्तक छपाइ तथा वितरणमा तयार रहेको पाण्डेले बताए ।
समा प्रिन्टर्स जस्ता निजी क्षेत्रका छापाखानाका कारण ले मात्र यो शैक्षिक वर्षमा समय अगावै पुस्तकहरु विद्यार्थीका हात हातमा पुग्न सफल भएको कुरा नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघका एसोसिएट सदस्य महेश शर्माले बताए ।
काठमाडौं । बाढी प्रभावित रसुवाका बालबालिकालाई कुपोषणको जोखिमबाट जोगाउन स्वास्थ्य सेवा विभागले ३० हजार स्याचेट Ready-to-Use Therapeutic Food (RUTF) रसुवा पठाएको छ । बाढीका कारण...
सुयोग शर्मा भदौ १० गते रसुवामा बाढी आयो । स्वास्थ्यका सबै निकाय परिचालन भए तर एकीकृत र प्रभावकारी हुन सकेनन् । कतै स्वास्थ्य सामग्रीको अभाव...
ललितपुर । कारागारमा रहेका व्यक्तिको निर्देशनमा ठूलो लागूऔषध सञ्जाल सञ्चालन भइरहेको आशंकाबीच सशस्त्र प्रहरी बल नेपालको इन्टेलिजेन्स ब्यूरोले ललितपुरको च्यासलबाट १७ हजार ४ सय...
काठमाडौं । देशको राजधानी काठमाडौंको टेकूमा रहेको केन्द्रीय जनस्वास्थ्य प्रयोगशाला(सेन्टर ल्याब) को ब्यवस्थापन प्रभावकारी नहुँदा आम नागरिकले दिनहुँ सास्ती ब्यहोर्नुपरेको छ । भरपर्दो र विश्वसनीयका...
काठमाडौं । नेपालमा जापानिज इन्सेफ्लाइटिस (जेई) संक्रमण र यसबाट हुने मृत्युको अवस्था गम्भीर बन्दै गएपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले उच्च जोखिममा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend