Nepal Face
  • आइतबार, १० साउन २०८३
  • केन्द्रीय आयोजनाका कर्मचारीमाथि दुर्ब्यवहार , धरहराका ठेकेदार भन्छन्: चर्काचर्कीमात्र भएको हो


    सोमबार, कार्तिक १२ २०८१
    1.1K
    Shares
    नेपाल फेस
  • ३ मिनेट पाठ
  • काठमाडौं । धरहरा निर्माणको ठेक्का लिएको रमण कन्ष्ट्रक्सनका संचालक र सहरी विकास मन्त्रालय मातहतको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (सीएलपीआईयु)का लेखाका कर्मचारीबीच विवाद भएको छ । आयोजनाका दुई महिला कर्मचारीले आफूमाथि रमण कन्ष्ट्रक्सनका संचालक पवन महतोले दुर्ब्यवहार गरेको भन्दै सहरी विकास तथा भवन निर्माण विभाग महानिर्देशक मचाकाजी महर्जन समक्ष उजुरी दिएका छन् ।

    निर्माण ब्यवसायी महतोले आफूमाथि दुव्र्यवहार गरेको भन्दै आयोजना कार्यान्वयन इकाईमा कार्यरत प्रमुख लेखा नियन्त्रक मिठु थापा र लेखा नियन्त्रक रमा पोखरेलले दुर्ब्यवहार भएको उजुरी दिएका छन् । गएको कात्तिक ६ गते ठेकेदार महतो र लेखानियन्त्रक थापा र पोखरेलबीच विवाद भएको थियो ।

    कर्मचारीले दिएको निवेदनमाथि विभागले अध्ययन तथा छलफल गरिरहेको र दोषी देखिएमा कारबाहीको थप प्रक्रिया अघि बढाउने आश्वासन दिइरहेको छ ।

    रमण कन्स्ट्रक्सनले धरहराको निर्माणको काम गरिरहेको छ । उक्त कम्पनीलाई रकम भुक्तानी दिन बाँकी छ । भेरियसन अर्डर (भीओ) को विषय र बैंक खाता परिवर्तनका लागि सिफारिस लेख्न माग गर्दा लेखाका कर्मचारीले दुःख दिएको गुनासो महतोले गरेका छन् ।

    रमण कन्ष्ट्रक्सनले स्थायी रूपमै लिफ्ट चलाउन पर्याप्त हुनेगरी बिजुलीको पावर पुग्ने प्यानल जडान गर्न मन्त्रालयसँग थप ६५ लाख रुपैयाँ मागेको छ । उक्त थप रकम नदिएका कारण महतोको कम्पनीले प्यानल खरिद गर्न सकेको छैन ।
    रमण कन्ष्ट्रक्सनका महतोले भने–‘बिजुलीको पावर नपुगेका कारण धरहराको एउटा लिफ्ट स्थायी रूपमै बिग्रिएको छ । अर्को लिफ्ट पनि बेला–बेलामा बिग्रने गरेको छ । पावर प्यानल भारतबाट ल्याउनुपर्छ । पावर प्यानल नपुगेर एउटा लिफट बिग्रिसकेको छ ।

    यही विषयमा आयोजनाको लेखाका कर्मचारीहरूसँग कुराकानीका क्रममा चर्काचर्कीमात्र भएको हो, दुर्ब्यवहार  गरिएको छैन । बैंकखाता सिफारिसका क्रममा उहाँहरुले विवाद गरेपछि चर्काचर्की भएको हो ।’

    धरहराको ठेक्का सम्झौतामा पावर प्यानल राख्ने बुँदा उल्लेख छैन । पावर प्यानल थप कार्य भएकाले त्यसको भीओ गरेर दिनुपर्ने हुन्छ । धरहरा चलाउनका लागि पर्याप्त विद्युत आपूर्ति गराउन पावर प्यानल आवश्यक परेकाले भीओ गर्नुपर्ने हुन्छ । तर सीएलपीआईयुका कर्मचारीले भने म्याद सकिएकाले भीओ गर्न मिल्दैन भन्दैआएका छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार