काठमाडौं । सहकारी ठगी प्रकरणमा पोखरामा थुनामा रहेका पूर्वगृहमन्त्री रवि लामिछानेमाथि काठमाडौं प्रहरीले पनि अनुसन्धान अघि बढाएको छ । कालिमाटीमा रहेको स्वर्णलक्ष्मी सहकारीका बचतकर्ताले दिएको उजुरीमा प्रहरीले छानबिन सुरु गरेको हो । स्वर्णलक्ष्मी सहकारी पनि जीबी राईकै हो ।
जीबीको उक्त सहकारीका बचतकर्ताले दानबहादुर कार्की काठमाडौं प्रहरी परिसरको प्रमुख हुँदा करिब डेढ बर्षअघि नै जाहेरी दिएका थिए । तर परिसरमा दर्ता भएको जाहेरीमा अनुसन्धान नगरी पीडितलाई थप पीडा दिइएको थियो । त्यतिबेला दानबहादुर कार्कीले अनुसन्धान नगरी पेन्डिङमा राखेको स्वर्णलक्ष्मी सहकारीको रकम हिनामिनामा लामिछानेलमाथि अनुसन्धान अघि बढेको प्रहरी स्रोतले बताएको छ ।
लामिछानेबिरुद्ध परेको स्वर्णलक्ष्मीको जाहेरीमा मात्र होइन, तत्कालीन एसएसपी कार्कीले लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी मुद्दा तामेलीमा राख्न सिफारिस गरेका थिए । जुन सिफारिसका आधारमा राहदानी मामिलामा लामिछानेविरुद्ध मुद्दा नचल्ने निर्णय महान्यायाधिवक्ता कार्यालयले गरेको थियो ।
राहदानी मामिला र स्वर्णलक्ष्मीदेखि पोखराको सूर्यदर्शन सहकारीका बचतकर्ताले दिएको जाहेरी नै दर्ता नगर्ने वातावरण मिलाएबापत कार्कीलाई लामिछानेले गृहमन्त्री हुँदा पहिलो वरियतामा डीआईजी बढुवा गरेका थिए । गएको जेठमा डीआईजी बढुवा गर्दा कार्की आफ्नो ब्याचबाट पहिलो वरियतामा परेका थिए । कास्कीका तत्कालीन एसपी मोहन थापालाई सूर्यदर्शनको जाहेरी दर्ता नगरी होल्डमा राख्न लगाउने भूमिका पनि कार्कीले नै खेलेर लामिछानेलाई खुसी पारेका थिए ।
लामिछाने गृहमन्त्री हुँदा कार्कीले आईजीपी बसन्तबहादुर कुँवरलाई आफू अनुकूल चलाउँदैआएका थिए । १४ चैत, २०८० मा बसेको संसदको राज्यब्यवस्था समितिको बैठकमा आईजीपी कुँवरले लामिछाने सहकारी ठगीमा संलग्न भएको प्रमाण नभेटिएको अभिब्यक्ति दिएका थिए । जुन अभिब्यक्ति निकै विवादमा परेको थियो । उक्त अभिब्यक्ति पनि डीआईजी(तत्कालीन एसएसपी) कार्कीकै सल्लाहमा दिएकाले आईजीपी विवादमा परेका थिए ।
२०८१ भदौ १२ गते आईजीपी कुँवरले रुपन्देही जिल्ला प्रहरी कार्यालयको नवनिर्मित भवनको उदघाटन गर्दै प्रहरीको काम र व्यवहारप्रति नागरिकस्तरमा नकारात्मक छवि बनेको र गुनासो आउने गरेकाले प्रहरी अधिकारीको बैंक खाता चेक गरी अनुचित आम्दानी गरेकालाई कारबाही गरिने बताएका थिए । उनले मधेश प्रदेशका डीआईजी यज्ञविनोद पोखरेलप्रति संकेत गर्दै एक डीआईजीको खातामा अस्वभाविक रकम भेटिएकाले छानबिन भइरहेको बताएका थिए । संगठन प्रमुखलाई सार्वजनिक रुपमा यस्तो अभिब्यक्ति दिन लगाउने र विवादमा पार्ने काम पनि कार्कीकै सल्लाहमा भएको बताइन्छ ।
आईजीपीलाई त्यस्तो अभिब्यक्ति दिन लगाएपछि पोखरेल तानिने र आफू मधेश प्रदेश सरुवा हुने खेलमा थिए । तर पोखरेल तानिएनन् । डीआईजीको सरुवामा उनी पनि मधेशमा जाने दाउमा शक्तिकेन्द्र धाइरहेका थिए । लुम्बिनीका कांग्रेस–एमालेका नेताहरुमार्फत् मधेश प्रदेशको डीआईजी हुन खोजेका उनको योजना पूरा हुन पाएन । लालमणि आचार्य मधेश प्रदेशमा सरुवा भए । पूर्वगृहमन्त्री लामिछानेका पक्षमा प्रहरी संगठनको उपयोग गरेकै कारण कार्कीको मधेश सरुवा रोकिएको थियो ।
काठमाडौँ । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजित समारोहमा मन्त्री साहलाई...
काठमाडौँ । सरकारले बिहीबार बसेको मन्त्रिपरिषद् बैठकबाट भएका विभिन्न निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सिंहदरबारमा पत्रकार सम्मेलनमार्फत...
काठमाडौं । सुनसरी- ४ बाट निर्वाचित रास्वपाका सांसद दीपक कुमार साह उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री सिफारिस भएका छन्। उनको सिफारिस पत्र राष्ट्रपति कार्यालय शितल...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले उद्योग मन्त्रीका लागि सुनसरी-४ का सांसद दीपककुमार साहको नाम राष्ट्रपतिसमक्ष सिफारिस गरेका छन्। उद्योग मन्त्री गौरीकुमारी यादवले राजीनामा दिएपछि रिक्त...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरिमोहन भण्डारीले ‘उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति’को सदस्यबाट राजीनामा दिने घोषणा गरेका छन्...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend