Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मस्दिजमा लुकेर बसेका भारतीय नागरिकको कोरोना परिक्षण


    बुधबार, बैशाख ३ २०७७
    820
    Shares
  • १ मिनेट पाठ
  • गाईघाट, ३ बैशाख । उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–३ भुल्केस्थित मस्जिदमा लुकेर बसेको अवस्थामा १२ भारतीय इस्लाम नागरिकलाई मङ्गलबार प्रहरीले नियन्त्रणमा लिएर स्वाब परीक्षणको तयारी गरेको छ।

    उदयपुरका सहायक प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईका अनुसार भुल्केस्थित मस्जिदमा लुकेर केही भारतीय नागरिक बसेको सूचना आएपछि नियन्त्रणमा लिएर स्वाब परीक्षणको तयारी गरिएको भट्टराईले बताए। भुल्केका मनिर मियाँ केही महिनाअघि भारतको राजधानी दिल्लीस्थित निजामुद्दिन मस्कज मस्जिद धार्मिकसभामा भाग लिएर आएसँगै ती व्यक्ति पनि आएको स्थानीयवासी बताउँछन्।

    उदयपुरको त्रियुगा नगरपालिकाको गाइघाट जामे मस्जिदसहित त्रियुगा नगरपालिकाको देउरीसहितका विभिन्न मस्जिदमा समेत भारतीय नागरिक लुकेर बसेको हुनसक्ने आशङ्कामा प्रशासनले अनुसन्धान शुरु गरेको सहायक प्रजिअ भट्टराईले बताए। रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार