काठमाडौं । कालोधन भित्र्याउनेहरुका लागि नेपाल स्वर्णभूमि बन्दैछ । नेपालको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग नाममात्रको भएकाले कालोधन भित्र्याउनेहरुमाथि ठोस कारबाही हुनसकेको छैन । कालोधन भित्र्याउनेहरुले भगवान गौतम बुद्धको नाममा रकम उठाएर नेपालमा भित्र्याउने र विभिन्न ब्यवसायमा लगानी गर्ने गरेका तथ्यसमेत खुलिरहेका छन् ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा लामो समयदेखि कार्यरत एउटा गिरोहले उजुरी परेकाहहरुसँग मोलतोल गर्दै उजुरी तामेलीमा हाल्ने गरेको छ । अन्य देशको नागरिकता लिएर नेपालमा शुद्धीकरण गरिएको धन भित्र्याउने एक विवादास्पद रिम्पोछेको उजुरीमाथि सम्पत्ति शुद्धीकरण बिभागले लामो समयपछि बल्ल अनुसन्धान सुरु गरेको बिभागका एक अधिकारीले बताए । ती अधिकारीका अनुसार २०७९ मंसिर ९ गते दर्ता भएको कपनस्थित स्याल्पा गुम्बा तथा तेन्जिङ हिमालय फाउन्डेसनका अध्यक्ष स्याल्पा तेन्जिङ रिम्पोछेको शंकास्पद लगानीको उजुरीमाथि छानबिन सुरु भएको छ ।
गम्भीर प्रकृतिको यो उजुरी दर्ता हुनासाथ त्यतिबेलै अनुसन्धान हुनुपर्ने थियो । तर विभागका तत्कालीन महानिर्देशक प्रेमप्रसाद भट्टराईले स्याल्पा रिम्पोछेसँग ठूलो आर्थिक लेनदेन गरी अनुसन्धान नै नगरी उजुरी थन्क्याएर राखेको आरोप लाग्ने गरेको छ । भट्टराईपछिका डीजी पुष्पकुमार शाहीले पनि स्याल्पासँग मोलतोल गरी उजुरी हेरेनन् । कमल भट्टराईले उक्त उजुरी हेर्दाहेर्दै उनी सरुवा भइहाले । हाल विभागमा गएका डीजी सुमन दाहालले भने गम्भीर प्रकृतिका यस्ता उजुरीको छानबिन अगाडि बढाएपछि स्याल्पाले विभिन्न शक्तिकेन्द्रमार्फत् अनुसन्धान रोक्न खोजिरहेको स्रोत बताउँछ ।
स्याल्पा रिम्पोछेले ताइबान, हङकङ, बैंकक, सिंगापुरबाट गुम्बा र होटल बनाउने भनेर अरबौं रकम भित्र्याएको प्रमाणसहितको उजुरी विभागमा परेको तीन बर्ष बितिसकेको छ । ताईवान, सिंगापुर र बैंकक गरी तीन देशमा स्याल्पाको WENCHENG CONGZHU नामको इन्टरनेशनल फाउन्डेसन संचालनमा छ । उक्त फाउन्डेसनले लुम्बिनीको नाममा रकम उठाउने र नेपाल पठाउने गरेको छ । जुन रकमबाट स्याल्पाले जग्गा, गाडी र होटलको नाममा शुद्धीकरण गरी अरबपति भइसकेका छन् ।
नेपालमा गुम्बा र होटल निर्माण गर्नका लागि भनेर स्याल्पा रिम्पोछेले रकम जम्मा गर्ने र अबैध हुन्डीमार्फत् नेपाल भित्र्याएर विभिन्न ब्यक्तिको नाममा जग्गा र गाडी खरिददेखि होटलहरुमा लगानी गर्दैैआएका छन् ।
स्याल्पा रिम्पोछेले उईटुप लामा, दोर्जे रिन्जी शेर्पा, थेन्डुप पाल्मु शेर्पा, थेन्दुप वाङ्दी शेर्पा, जिम्मी दोर्जे शेर्पा र हिजे पुटिङ तामाङका नाममा घरजग्गा, सम्पत्तिदेखि महंगा गाडी खरिद गरी लुकाएको आरोप छ । रिम्पोछेले सम्पत्ति शुद्धीकरण गरी बैधानिकताका लागि थेन्डुप र जिम्मी लगायतका नाममा घरजग्गा र अरु खालका सम्पत्ति लुकाउने गरेको सम्पत्ति शुद्धीकरण विभागमा परेको उजुरीमा उल्लेख छ ।
रिम्पोछेले विदेशबाट अबैध रुपमा भित्र्याएको शंकास्पद लगानीबाट काठमाडौंका विभिन्न ठाउँमा ७० रोपनी भन्दा बढी घरजग्गा खरिद गरेको उजुरीमा उल्लेख छ । रिम्पोछेले तिब्बतीयन नागरिकलाई नेपालमा ल्याउने र नेपाली नागरिकता बनाएर उनीहरुको नाममा घरजग्गा र सम्पत्ति पास गर्ने तथा त्यसको लालपूर्जा र अरु सक्कली प्रमाण आफूसँगै राख्ने गरेको राख्ने गरेको नेपाली नाागरिकता लिएका एक तिब्बेतियनले नै नेपालफेसलाई बताएका छन् ।
स्याल्पा गुम्बा चालू अवस्थामा रहे पनि होटलका नाममा दर्ता गरिएको तेन्जिङ एण्ड तेन्जिङ हस्पिटालिटी नामको होटल संचालनमै छैन । जबकि त्यो होटलको नाममा रिम्पोछेले ३० रोपनी जग्गा किनेर आफन्तको नाममा नामसारी गरिसकेका छन् । त्यो होटलमा १ अर्ब ५० करोड लगानी गरेको दाबी रिम्पोछेले गरे पनि होटल नै संचालनमा छैन । संचालनमै नभएको होटलमा एक अर्ब ५० करोड लगानी गरेको देखाएर सम्पत्ति शुद्धीकरण गरेको छर्लङ्ग भएपछि प्रारम्भिक चरणमा रिम्पोछेले विदेशबाट रकम भित्र्याएका संस्थालाई पत्राचार गरी छानबिन गर्ने विभागको तयारी छ ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका ती अधिकारीले भने–‘ताइबान, हङकङ, बैंकक, अमेरिका र केही यूरोपियन देशहरुबाट रकम हुन्डीमार्फत् नेपालमा भित्र्याइएको उजुरीमाथि अहिले प्रारम्भिक छानबिन सुरु भएको छ । छानबिनका क्रममा सम्झौतामा एउटा रकम उल्लेख गरेर त्योे भन्दा तेब्बर रकम हुन्डीमार्फत् नेपाल भित्र्याएको देखिन्छ । यसमा समाज कल्याण परिषदका पदाधिकारीहरुसमेत छानबिनमा तानिने अवस्था देखिएको छ । बिदेशबाट रकम ल्याइएकाले यसको अनुसन्धानमा समय लाग्न सक्छ ।’
त्यसो त अमेरिकी नागरिक रिम्पोछेले अमेरिकाको पासपोर्ट प्रयोग गरी शंकास्पद लगानी भित्र्याएर नेपालमा ब्यापार ब्यवसाय गर्नु नै गैरकानुनी मानिन्छ ।
रिम्पोछेले हदबन्दी लाग्ने भएकाले पनि शंकास्पद लगानीबाट खरिद गरिएका जग्गाहरु तिब्बती मूलका ब्यक्तिहरुलाई नेपाली नागरिकता बनाई उनीहरुकै नाममा राखेको खुलेको छ ।
कपनमा १० रोपनी जग्गा रिम्पोछेले उईटुप लामाका नाममा राखेका छन् । जुन जग्गा उईटुपबाट फिर्ता माग्दा उनीहरुले नदिएका कारण सुरु भएको विवाद अझै टुंगिन सकेको छैन । उईटुप लामाले रिम्पोछेले आफ्नो नाममा कपनको आनीगुम्बामाथि १० रोपनी जग्गा खरिद गरेको, ७ रोपनी आफूले फिर्ता गरेको बताउने गरेका छन् ।
नेपाली राम्रोसँग बोल्न समेत नजान्ने उईटुप एक उदाहरण हुन्, यस्ता धेरै ब्यक्तिका नाममा स्याल्पाले विदेशबाट भित्र्याएको कालोधन र त्यसबाट खरिद गरिएको घरजग्गा लगायतका सम्पत्ति लुकाउने गरेकोे स्रोत बताउँछ । यसरी गैरकानुनी ढंगबाट भित्र्याएको कालोधनको केही अंश शान्तिको नाममा अभियान चलाएर समाजसेवा गरेको देखाउने गरेका छन् । उनले आफू समावजसेवी रहेको भ्रम छर्न नेपालस्थित विदेशी कूटनीतिज्ञहरु र नेपालका प्रतिष्ठित ब्यक्तिहरुसँग भेटघाट गरेका तस्वीरसमेत सार्वजनिक गर्दैआएका छन् । समाचारका बिषयमा स्याल्पा रिम्पोछेसँग प्रतिक्रियाका लिन खोज्दा सम्पर्क हुन सकेन ।
काठमाडौं । बाढी प्रभावित रसुवाका बालबालिकालाई कुपोषणको जोखिमबाट जोगाउन स्वास्थ्य सेवा विभागले ३० हजार स्याचेट Ready-to-Use Therapeutic Food (RUTF) रसुवा पठाएको छ । बाढीका कारण...
सुयोग शर्मा भदौ १० गते रसुवामा बाढी आयो । स्वास्थ्यका सबै निकाय परिचालन भए तर एकीकृत र प्रभावकारी हुन सकेनन् । कतै स्वास्थ्य सामग्रीको अभाव...
ललितपुर । कारागारमा रहेका व्यक्तिको निर्देशनमा ठूलो लागूऔषध सञ्जाल सञ्चालन भइरहेको आशंकाबीच सशस्त्र प्रहरी बल नेपालको इन्टेलिजेन्स ब्यूरोले ललितपुरको च्यासलबाट १७ हजार ४ सय...
काठमाडौं । देशको राजधानी काठमाडौंको टेकूमा रहेको केन्द्रीय जनस्वास्थ्य प्रयोगशाला(सेन्टर ल्याब) को ब्यवस्थापन प्रभावकारी नहुँदा आम नागरिकले दिनहुँ सास्ती ब्यहोर्नुपरेको छ । भरपर्दो र विश्वसनीयका...
काठमाडौं । नेपालमा जापानिज इन्सेफ्लाइटिस (जेई) संक्रमण र यसबाट हुने मृत्युको अवस्था गम्भीर बन्दै गएपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले उच्च जोखिममा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend