काठमाडौं । कालोधन भित्र्याउनेहरुका लागि नेपाल स्वर्णभूमि बन्दैछ । नेपालको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग नाममात्रको भएकाले कालोधन भित्र्याउनेहरुमाथि ठोस कारबाही हुनसकेको छैन । कालोधन भित्र्याउनेहरुले भगवान गौतम बुद्धको नाममा रकम उठाएर नेपालमा भित्र्याउने र विभिन्न ब्यवसायमा लगानी गर्ने गरेका तथ्यसमेत खुलिरहेका छन् ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा लामो समयदेखि कार्यरत एउटा गिरोहले उजुरी परेकाहहरुसँग मोलतोल गर्दै उजुरी तामेलीमा हाल्ने गरेको छ । अन्य देशको नागरिकता लिएर नेपालमा शुद्धीकरण गरिएको धन भित्र्याउने एक विवादास्पद रिम्पोछेको उजुरीमाथि सम्पत्ति शुद्धीकरण बिभागले लामो समयपछि बल्ल अनुसन्धान सुरु गरेको बिभागका एक अधिकारीले बताए । ती अधिकारीका अनुसार २०७९ मंसिर ९ गते दर्ता भएको कपनस्थित स्याल्पा गुम्बा तथा तेन्जिङ हिमालय फाउन्डेसनका अध्यक्ष स्याल्पा तेन्जिङ रिम्पोछेको शंकास्पद लगानीको उजुरीमाथि छानबिन सुरु भएको छ ।
गम्भीर प्रकृतिको यो उजुरी दर्ता हुनासाथ त्यतिबेलै अनुसन्धान हुनुपर्ने थियो । तर विभागका तत्कालीन महानिर्देशक प्रेमप्रसाद भट्टराईले स्याल्पा रिम्पोछेसँग ठूलो आर्थिक लेनदेन गरी अनुसन्धान नै नगरी उजुरी थन्क्याएर राखेको आरोप लाग्ने गरेको छ । भट्टराईपछिका डीजी पुष्पकुमार शाहीले पनि स्याल्पासँग मोलतोल गरी उजुरी हेरेनन् । कमल भट्टराईले उक्त उजुरी हेर्दाहेर्दै उनी सरुवा भइहाले । हाल विभागमा गएका डीजी सुमन दाहालले भने गम्भीर प्रकृतिका यस्ता उजुरीको छानबिन अगाडि बढाएपछि स्याल्पाले विभिन्न शक्तिकेन्द्रमार्फत् अनुसन्धान रोक्न खोजिरहेको स्रोत बताउँछ ।
स्याल्पा रिम्पोछेले ताइबान, हङकङ, बैंकक, सिंगापुरबाट गुम्बा र होटल बनाउने भनेर अरबौं रकम भित्र्याएको प्रमाणसहितको उजुरी विभागमा परेको तीन बर्ष बितिसकेको छ । ताईवान, सिंगापुर र बैंकक गरी तीन देशमा स्याल्पाको WENCHENG CONGZHU नामको इन्टरनेशनल फाउन्डेसन संचालनमा छ । उक्त फाउन्डेसनले लुम्बिनीको नाममा रकम उठाउने र नेपाल पठाउने गरेको छ । जुन रकमबाट स्याल्पाले जग्गा, गाडी र होटलको नाममा शुद्धीकरण गरी अरबपति भइसकेका छन् ।
नेपालमा गुम्बा र होटल निर्माण गर्नका लागि भनेर स्याल्पा रिम्पोछेले रकम जम्मा गर्ने र अबैध हुन्डीमार्फत् नेपाल भित्र्याएर विभिन्न ब्यक्तिको नाममा जग्गा र गाडी खरिददेखि होटलहरुमा लगानी गर्दैैआएका छन् ।
स्याल्पा रिम्पोछेले उईटुप लामा, दोर्जे रिन्जी शेर्पा, थेन्डुप पाल्मु शेर्पा, थेन्दुप वाङ्दी शेर्पा, जिम्मी दोर्जे शेर्पा र हिजे पुटिङ तामाङका नाममा घरजग्गा, सम्पत्तिदेखि महंगा गाडी खरिद गरी लुकाएको आरोप छ । रिम्पोछेले सम्पत्ति शुद्धीकरण गरी बैधानिकताका लागि थेन्डुप र जिम्मी लगायतका नाममा घरजग्गा र अरु खालका सम्पत्ति लुकाउने गरेको सम्पत्ति शुद्धीकरण विभागमा परेको उजुरीमा उल्लेख छ ।
रिम्पोछेले विदेशबाट अबैध रुपमा भित्र्याएको शंकास्पद लगानीबाट काठमाडौंका विभिन्न ठाउँमा ७० रोपनी भन्दा बढी घरजग्गा खरिद गरेको उजुरीमा उल्लेख छ । रिम्पोछेले तिब्बतीयन नागरिकलाई नेपालमा ल्याउने र नेपाली नागरिकता बनाएर उनीहरुको नाममा घरजग्गा र सम्पत्ति पास गर्ने तथा त्यसको लालपूर्जा र अरु सक्कली प्रमाण आफूसँगै राख्ने गरेको राख्ने गरेको नेपाली नाागरिकता लिएका एक तिब्बेतियनले नै नेपालफेसलाई बताएका छन् ।
स्याल्पा गुम्बा चालू अवस्थामा रहे पनि होटलका नाममा दर्ता गरिएको तेन्जिङ एण्ड तेन्जिङ हस्पिटालिटी नामको होटल संचालनमै छैन । जबकि त्यो होटलको नाममा रिम्पोछेले ३० रोपनी जग्गा किनेर आफन्तको नाममा नामसारी गरिसकेका छन् । त्यो होटलमा १ अर्ब ५० करोड लगानी गरेको दाबी रिम्पोछेले गरे पनि होटल नै संचालनमा छैन । संचालनमै नभएको होटलमा एक अर्ब ५० करोड लगानी गरेको देखाएर सम्पत्ति शुद्धीकरण गरेको छर्लङ्ग भएपछि प्रारम्भिक चरणमा रिम्पोछेले विदेशबाट रकम भित्र्याएका संस्थालाई पत्राचार गरी छानबिन गर्ने विभागको तयारी छ ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका ती अधिकारीले भने–‘ताइबान, हङकङ, बैंकक, अमेरिका र केही यूरोपियन देशहरुबाट रकम हुन्डीमार्फत् नेपालमा भित्र्याइएको उजुरीमाथि अहिले प्रारम्भिक छानबिन सुरु भएको छ । छानबिनका क्रममा सम्झौतामा एउटा रकम उल्लेख गरेर त्योे भन्दा तेब्बर रकम हुन्डीमार्फत् नेपाल भित्र्याएको देखिन्छ । यसमा समाज कल्याण परिषदका पदाधिकारीहरुसमेत छानबिनमा तानिने अवस्था देखिएको छ । बिदेशबाट रकम ल्याइएकाले यसको अनुसन्धानमा समय लाग्न सक्छ ।’
त्यसो त अमेरिकी नागरिक रिम्पोछेले अमेरिकाको पासपोर्ट प्रयोग गरी शंकास्पद लगानी भित्र्याएर नेपालमा ब्यापार ब्यवसाय गर्नु नै गैरकानुनी मानिन्छ ।
रिम्पोछेले हदबन्दी लाग्ने भएकाले पनि शंकास्पद लगानीबाट खरिद गरिएका जग्गाहरु तिब्बती मूलका ब्यक्तिहरुलाई नेपाली नागरिकता बनाई उनीहरुकै नाममा राखेको खुलेको छ ।
कपनमा १० रोपनी जग्गा रिम्पोछेले उईटुप लामाका नाममा राखेका छन् । जुन जग्गा उईटुपबाट फिर्ता माग्दा उनीहरुले नदिएका कारण सुरु भएको विवाद अझै टुंगिन सकेको छैन । उईटुप लामाले रिम्पोछेले आफ्नो नाममा कपनको आनीगुम्बामाथि १० रोपनी जग्गा खरिद गरेको, ७ रोपनी आफूले फिर्ता गरेको बताउने गरेका छन् ।
नेपाली राम्रोसँग बोल्न समेत नजान्ने उईटुप एक उदाहरण हुन्, यस्ता धेरै ब्यक्तिका नाममा स्याल्पाले विदेशबाट भित्र्याएको कालोधन र त्यसबाट खरिद गरिएको घरजग्गा लगायतका सम्पत्ति लुकाउने गरेकोे स्रोत बताउँछ । यसरी गैरकानुनी ढंगबाट भित्र्याएको कालोधनको केही अंश शान्तिको नाममा अभियान चलाएर समाजसेवा गरेको देखाउने गरेका छन् । उनले आफू समावजसेवी रहेको भ्रम छर्न नेपालस्थित विदेशी कूटनीतिज्ञहरु र नेपालका प्रतिष्ठित ब्यक्तिहरुसँग भेटघाट गरेका तस्वीरसमेत सार्वजनिक गर्दैआएका छन् । समाचारका बिषयमा स्याल्पा रिम्पोछेसँग प्रतिक्रियाका लिन खोज्दा सम्पर्क हुन सकेन ।
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा मुद्दा सेटिङमा मात्र होइन, सहरी विकास तथा भवन बिभागले निर्माण गर्नुपर्ने सर्वोच्च अदालतको भवनको ठेक्का सेटिङको बिषयमा पनि छानबिनमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend