काठमाडौँ । आइसीसी महिला टी-२० विश्वकपको फाइनलमा दक्षिण अफ्रिका र न्यूजील्याण्ड भिड्ने भएका छन् ।
न्यूजील्याण्डले वेस्ट इण्डिजलाई दोस्रो सेमिफाइनलमा ८ रनले पराजित गर्दै फाइनलको यात्रा तय गरेको हो । न्यूजील्याण्ड २०१० पछि पहिलो पटक विश्वकपको फाइनलमा पुगेको छ ।
त्यस्तै दक्षिण अफ्रीकाको फाइनलको यात्रा पनि रोमाञ्चक रहेको छ । ६ पटकको विश्व च्याम्पियन अस्ट्रेलियालाई सेमिफाइनलमा पराजित गर्दै दक्षिण अफ्रिका लगातार दोस्रो पटक फाइनलमा पुगेको हो । २०२३ को विश्वकपमा फाइनलमा अस्ट्रेलियासँग नै पराजित भएको दक्षिण अफ्रीकाले त्यसको बदला लिदै यस पटक भने अस्ट्रेलियालाई बाहिर गर्दै फाइनल खेल्दै छ ।
यस पटकको महिला टी-२० विश्वकपले नयाँ विजेता पाउने निश्चित भएको छ । यस अघि सम्पन्न ८ विश्वकप मध्ये अस्ट्रेलियाले ६ तथा वेस्ट इन्डिज र इङल्याण्डले एक एक पटक जितेका छन् । अब फाइनल खेल आइतबार दुबईमा नेपाली समय अनुसार राती ७: ४५ बजेदेखि शुरु हुने छ ।
एजेन्सी । भारतको मध्य प्रदेशमा नक्कली मदिरा सेवनबाट पछिल्ला केही दिनमा करिब १५ जनाको मृत्यु भएको छ भने १०० भन्दा बढी व्यक्ति सरकारी अस्पतालमा...
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धमा अमेरिकाले विजय हासिल गरेपछि तेलको मूल्य तीव्र रूपमा घट्ने र पेट्रोलको मूल्य प्रतिग्यालन दुई अमेरिकी डलरभन्दा...
काठमाडौँ । पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डो र उनकी लामो समयदेखिकी प्रेमिका जर्जिना रोड्रिग्वेजले विवाह गरेका छन्। उनीहरूले मंगलबार पोर्चुगलको कास्काइसमा एक निजी नागरिक समारोहबीच...
काठमाडौँ । कोलम्बियाको पश्चिमी क्षेत्रमा सोमबार गएको ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या १८८ पुगेको छ । कोलम्बियन एसोसिएसन अफ क्यापिटल सिटीजले मंगलवार...
काठमाडौं । कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा कम्तीमा १३२ जनाको मृत्यु भएको छ । सयौं मानिस अझै बेपत्ता छन् । सरकारले प्रारम्भिक रूपमा १११...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend