Nepal Face
  • आइतबार, १० साउन २०८३
  • महिला टी-२० विश्वकपमा बंगलादेशको विजयी शुरुवात


    बिहिबार, असोज १७ २०८१
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । आजदेखि युएईमा शुरु भएको आइसीसी महिला टी-२० विश्वकपको उद्घाटन खेलमा बंगलादेशले विजयी शुरुवात गरेको छ ।

    पहिलो खेलमा बंगलादेशले स्कटल्याण्डलाई १६ रनले पराजित गर्दै विजयी शुरुवात गरेको हो ।

    बंगलादेशले दिएको १२० रनको लक्ष्य पछाएको स्कटल्याण्डले २० ओभरमा ७ विकेट गुमाउदै १०३ रन मात्र बनाउन सकेको थियो ।

    यस अघि टस जितेर पहिला ब्याटिंग गरेको बंगलादेशले २० ओभरमा ७ विकेट गुमाउदै ११९ रन बनाएको थियो ।

    जितपछि बंगलादेशले विश्वकपमा सकारात्मक शुरुवात गरेको छ । आइसीसी विश्वकपमा १० बर्षपछि बंगलादेशको महिला टिमले कुनै जित हासिल गरेको छ । बंगलादेशले २०१४ पछि विश्वकपमा जित हासिल गरेको हो ।

    अब बंगलादेशले आगामी शनिबार ईङल्याण्डको सामना गर्ने छ भने स्कटल्याण्डले आइतबार वेस्ट इन्डिजको सामना गर्ने छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार