काठमाडौँ । जारी आइसीसी महिला टी-२० विश्वकपमा वेस्ट इन्डिजले स्कटल्याण्डलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा वेस्ट इन्डिजले स्कटल्याण्डलाई ६ विकेटले पराजित गरेको हो ।
स्कटल्याण्डले दिएको १०० रनको लक्ष्य पछाएको वेस्ट इन्डिजले ११.४ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । यसअघि टस जितेर पहिला ब्याटिंग गरेको स्कटल्याण्डले २० ओभरमा ८ विकेट गुमाउदै ९९ रन बनाएको थियो ।
यसअघि आफ्नो पहिलो खेलमा दक्षिण अफ्रिकासँग पराजित भएको वेस्ट इन्डिजको यो दोस्रो खेलमा पहिलो जित हो । त्यस्तै स्कटल्याण्डले भने लगातार दोस्रो हार बेहोरेको छ । यस अघि पहिलो खेलमा स्कटल्याण्ड बंगलादेशसँग पराजित भएको थियो ।
अब स्कटल्याण्डले अर्को खेल बुधबार दक्षिण अफ्रिकासँग खेल्दै छ भने वेस्ट इन्डिजले अर्को खेल विहिबार बंगलादेशसँग खेल्ने तालिका रहेको छ ।
काठमाडौँ। अमेरिका र इरानबीच फेरि तनाव सुरू भएको छ। अमेरिकाले शनिबार राति इरानमा फेरि भीषण हवाई हमला गरेपछि फेरि तनाव सुरू भएको हो। अमेरिकी केन्द्रीय...
काठमाडौँ। भेनेजुएलामा शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या १४ सय नाघेको छ। बुधबार बेलुकी ७.१ र ७.५ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी आइतबारसम्म मृत्यु हुनेको संख्या...
काठमाडौँ। भेनेजुएलामा प्रकृतिको डरलाग्दो प्रकोप देखिएको छ । देशमा लगातार आएका दुई अत्यन्त शक्तिशाली भूकम्पले ठूलो विनाश मच्चाएको छ। राजधानी काराकाससहित धेरै क्षेत्रमा बहुमंजिला भवनहरू...
काठमाडौँ । फिलिपिन्सको दक्षिणी टापु मिन्डानाओलाई केन्द्रबिन्दु बनाएर सोमबार बिहान ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूगर्भ सर्वेक्षण यूएसजीएसका अनुसार भूकम्प सोमबार बिहान स्थानीय...
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग हुन सक्ने सम्भावित सम्झौताबारे आफूले चाँडै नै ‘अन्तिम निर्णय’ लिने बताएका छन् । उक्त सम्झौताले युद्धविरामको अवधि लम्ब्याउन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend