Nepal Face
  • आइतबार, १६ कार्तिक २०८३
  • नेप्सेमा सामान्य बृद्धि


    बिहिबार, कार्तिक १ २०८१
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । बिहीबार नेप्से परिसूचकमा सामान्य वृद्धि भएको छ । आज नेप्से २.४७ अंकले बढेर २७४५. ३६ विन्दुमा बन्द भएको छ ।

    आज कुल ३१६ कम्पनीका एक करोड ८८ लाख ७ हजार ४९२ कित्ता शेयर किनबेच हुदा ७ अर्ब १९ करोड २७ लाख ९२ हजार बराबरको कारोबार भएको थियो ।

    आज सबैभन्दा बढी गुडविल फाइनान्सको शेयर मुल्यमा ७.६३ प्रतिशतले बढेको छ भने अपार श्यांगे हाइड्रोको मुल्य सबैभन्दा बढी ५.१९ प्रतिशतले घटेको छ ।

    त्यस्तै आज सबैभन्दा बढी कुमारी बैंकको ३३ करोड १३ लाख ९० हजार बराबरको कारोबार भएको छ भने हाइड्रोइलेक्ट्रीसिटी इन्भेस्टमेन्ट कम्पनिको १४ लाख ८ हजार ६२८ कित्ता शेयर कारोबार भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार