Nepal Face
  • आइतबार, १० साउन २०८३
  • २१ खर्ब ५२ अर्ब पुग्यो विदेशी मुद्रा सञ्चिति


    मंगलबार, असोज २९ २०८१
    1.1K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । नेपाल राष्ट्रबैंकले देशको विदेशी मुद्रा सञ्चिति २१ खर्ब ५२ अर्ब ५३ करोड रुपैयाँ पुगेको जानकारी दिएको छ ।

    मंगलबार राष्ट्र बैंकले सार्बजनिक गरेको रिपोर्टका अनुसार गएको दुई महिनामा थप १ खर्ब ११ अर्ब रुपैयाँ विदेशी मुद्रा सञ्चिति थपिए गत असारको तुलनामा यो ५.५ प्रतिशतले बढेको छ । गत असारसम्म विदेशी मुद्रा सञ्चिति २० खर्ब ४१ अर्ब १० करोड रहेको थियो ।

    कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८१ असार मसान्तमा १८ खर्ब ४८ अर्ब ५५ करोड रहेकोमा २०८१ भदौ मसान्तमा ४.४ प्रतिशतले वृद्धि भई १९ खर्ब २८ अर्ब ९९ करोड पुगेको छ ।

    आर्थिक वर्ष २०८१/८२ को दुई महिनाको आयातलाई आधार मान्दा बैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले वस्तु आयात तर्फ १६.८ महिना र वस्तु तथा सेवा १३.७ महिनाको आयात धान्न पर्याप्त रहको राष्ट्र बैंकले उल्लेख गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार