Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेप्सेमा ३१ अंकको बृद्धि


    मंगलबार, असोज २९ २०८१
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । दशैँपछिको कारोबारको पहिलो दिनमा नेप्से परिसूचक ३१.४८ अंकले बढेको छ ।  मंगलबार नेप्से ३१.४८ अंकले बढेर २६९९.६६ विन्दुमा बन्द भएको छ ।

    आज कुल ३०७ कम्पनीका ६४ लाख १७ हजार २६७ कित्ता शेयर किनबेच हुदा ३ अर्ब ६ करोड २३ लाख ३७ हजार बराबरको कारोबार भएको थियो ।

    कुल १३ उपसमूहमध्ये उत्पादन तथा प्रशोधन मात्रै घट्यो । उत्पादन तथा प्रशोधन १५.६४ अंकले घट्यो । फाइनान्स १४९.६१, जिवन बिमा १३०.३८ अंक र निर्जीवन  बिमा ६६.३४ अंकले बढेको छ ।

    आज सबैभन्दा बढी जानकी फाइनान्स र मिथिला लघुवित्तको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको थियो भने मिड सोलु हाइड्रोको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार