Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नक्कली शैक्षिक योग्यताको प्रमाण पत्र पेश गरेको आरोपमा अधिकृतविरुद्ध मुद्धा दायर 


    मंगलबार, बैशाख २ २०७७
    725
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं, २ बैशाख । भैहवाको सिद्धार्थनगर नगरपालिकाका एक जना कम्प्युटर अधिकृतविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । शैक्षिक योग्यताको प्रमाण पत्र नक्कली रहेको आरोपमा नगरपालिकाका कम्प्युटर अधिकृत प्रभात ज्ञवालीविरुद्ध मंगलबार मुद्दा दायर गरेको हो ।

     अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार ज्ञवालीले बढुवाका लागि पेश गरेको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको उजुरी परेपछि आयोगले उनीविरुद्ध अनुसन्धान अघि बढाएको थियो ।

    अनुसन्धानका क्रममा भारतको माध्यमिक शिक्षा परिषद, क्षेत्रीय कार्यालय वाराणसीबाट उनले लिएको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको पाइएपछि उनीविरुद्ध मुद्दा दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए । दुई पटकसम्मको बढुवामा ज्ञवालीले सोही नक्कली शैक्षिक योग्यताको प्रमाण पत्र पेश गरेको पाइएको उनले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार