Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बीपी राजमार्ग भोलिदेखि सुचारु, भौतिक पूर्वाधार सचिव शर्मा फिल्डमै खटेर बाटो खुलाए


    बिहिबार, असोज २४ २०८१
    1.9K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव शर्मा बीपी राजमार्ग खुलाउन अहोरात्र लागेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार सामाजिक संजालमा भौतिक पूर्वाधार मन्त्रालयका सचिव शर्मा बीपी राजमार्ग खुलाउन फिल्डमै खटेको उल्लेख गरेका छन् । शुक्रबारसम्म राजमार्ग खुलाएपछि मात्र सचिव शर्माले दशैं मान्ने समेत प्रधानमन्त्रीले लेखेका छन् ।

    प्रधानमन्त्री ओलीले लेखेका छन्–‘बीपी राजमार्गमा पहिरोको अवरोध खुलाउन आफ्नो टोलीसँगै फिल्डमा रहनु भएका भौतिक पूर्वाधार मन्त्रालयका सचिव इन्जिनियर केशव शर्मासँग केहीबेर अघि टेलिफोनमा कुरा भयो ।

    उहाँ सडक मर्मत गर्ने प्राविधिक टोलीसहित रोशी गाउँपालिका–९ को दाउने भन्ने ठाउँमा हुनुहुन्छ । उहाँका अनुसार भोलि बिहान १० बजेसम्म बीपी राजमार्ग सञ्चालनमा आउनेछ । आज दिनभर र रातभर काम गर्दा बाँकी रहेको तीन ठाउँको अवरोध हट्नेछ । भोलि राजमार्ग खुलेपछि मात्र दशैं मान्ने बताउनुभयो । सडक खुलाउन अहोरात्र लाग्नुभएका प्राविधिकसहित सम्पूर्ण टिमलाई धन्यवाद !’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार