मन्थली (रामेछाप)। यही असोज १७ र १८ को अविरल वर्षाका कारण रोशी खोलामा आएको बाढीले बीपी राजमार्गको अधिकांश बाटो बगाएपछि आवागमनमा समस्या भएको छ । हिजोआज तराईका विभिन्न भाग र पूर्वी जिल्लाबाट आएका साना तथा ठूला सवारीसाधनहरू वैकल्पिक मार्गको प्रयोग गर्न थालेका छन् । यहाँ खुर्कोट-मन्थली-चरिकोट- मुडे – खाडिचउर हुँदै दोललघाटको वैकल्पिक सडक प्रयोग हुन थालेको छ ।
सवारी अवागमनलाई व्यवस्थित बनाउन ट्राफिक प्रहरीले मन्थलीस्थित देवकोटा चोकबाट प्रहरी कार्यालय हुँदै बसपार्क निस्केर काठमाडौं पठाउने र उताबाट आउने सवारीसाधनलाई बसपार्कबाट कटहरबोट चोक हुँदै देवकोटा चोकमा निस्कने गरी एकतर्फी यातायात सञ्चालन गर्ने गरेको छ ।
बीपी राजमार्ग हुँदै तराईका विभिन्न भागदेखि पूर्वको कोशी प्रदेशका अधिकांश जिल्ला र काठमाडौँ आउजाउ गर्ने सवारीसाधनले वैकल्पिक मार्गका रूपमा यो सडक प्रयोग गर्ने गरेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कौशल न्यौपानेले बताउनुभयो । दसैं मनाएर आआफ्नो कार्य क्षेत्र फर्कने यात्रुको सहजताका लागि आफूहरू निरन्तर क्रियाशील रहेको उहाँले बताउनुभयो । (रासस)
काठमाडौं । चर्चित रेस्टुरेन्ट सेकुवा बाई किलोले भोटेकोशी बाढीबाट प्रभावित परिवारहरूको सहयोगका लागि रु. २० लाख ११ हजार १ सय ११ सहयोग गरेको छ...
काठमाडौँ । नेपाल प्रहरीले विपद्का बेला राहत सामग्री सुरक्षाकर्मीले आफैँले लिएको, वितरण नगरेको वा सामग्री सड्न दिएको भन्ने आशयका सामाजिक सञ्जालमा फैलाइएका सूचना भ्रामक...
काठमाडौं । ठमेल क्षेत्रमा गैरकानुनी रूपमा बसोबास गरी शंकास्पद गतिविधिमा सङ्लग्न रहेको अभियोगमा प्रहरीले १० जना बङ्गलादेशी नागरिकलाई पक्राउ गरेको छ । विभिन्न होटल तथा...
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौँ। रसुवाको गोसाईंकुण्ड गाउँपालिका–५ रोङ्गा स्थित रसुवा भोटेकोशी जलविद्युत आयोजनाको टनेलमा एक जनाको शव भेटिएको छ। ड्रोन प्रयोग गरेर खोज तथा उद्धार गर्दा एक जनाको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend