Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बैशाख १५ सम्म लकडाउन गर्ने सरकारको निर्णय


    मंगलबार, बैशाख २ २०७७
    665
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौं, २ वैशाख । आज बसेको मन्त्रीपरिषदको बैठकले आगामी १५ गतेसम्मको लागि लकडाउन थप गरेको छ । सरकारले कोरोना भाइरस रोथामका लागि जारी राखेको लकडाउन वैशाख १५ गतेसम्म बढाउने निर्णय गरेको हो।

     देशका विभिन्न ठाउँमा कोरोना (कोभिड १९)  बाट संक्रमितको संख्या भेटिएपछि लकडाउनको समय लम्बाइएको जानकारी दिएको छ । ।

    म‌गलबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन १५ गतेसम्म लम्ब्याएको एक मन्त्रीले नयाँ पेजलाई बताए । बैठकले वैशाख १८ गतेसम्म हवाई उडान स्थगित गर्ने निर्णय गरेको छ ।

    नेपालमा हालसम्म १६ जनामा संक्रमण देखिएको छ। म‌ंगलबारमात्रै राजधानीको सन सिटी अपार्टमेन्टमा बस्ने दुई जनामा संक्रमण पुष्टि भएको छ।

    चैत ११ गते पहिलो पटक लकडाउन घोषणा गरेको सरकारले तेस्रो पटक अवधि थप गरेको हो। दोस्रो पटक बैशाख ३ गतेसम्म लाई लकडाउन घोषणा गरेको थियो। सुरुमा एक हप्ताका लागु घोषणा गरिएको लकडाउन सरकारले दुई पटक एक– एक हप्ताका लागि थपिसकेको थियो। यसपाली एकैपटक दुई हप्ताका लागि थप गरेको छ।

    छिमेकी भारतले पनि आजै लकडाउनको समयावधि लम्ब्याएको छ। देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीले मे ३ तारिक ९२१ वैसाख० सम्म लकडाउन लम्ब्याएको घोषणा गरका हुन्। यसअघि भारतमा २१ दिन लामो लकडाउन घोषणा गरिएको थियो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार