Nepal Face
  • आइतबार, १० साउन २०८३
  • जितपछि ललितपुर फाइनलको दौडमा कायम, चितवन बाहिरियो


    शुक्रबार, असोज १८ २०८१
    1.8K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । जारी एभरेस्ट महिला भलिबल लिग अन्तर्गत ललितपुर क्विन्सले चितवन शक्तिलाई पराजित गरेको छ ।

    शुक्रबार सम्पन्न खेलमा ललितपुरले चितवनलाई ३-१ को सेटमा पराजित गरेको हो ।

    ललितपुरले पहिलो सेट हारेपनि त्यसपछि खेलमा कम ब्याक गर्दै लगातार तीन सेट जितेर फाइनलको सम्भावनालाई कायम राखेको छ ।

    यो जितपछि ललितपुर क्विन्सको ५ खेलमा १० अंक भएको छ र फाइनलको दौडमा कायम छ । फाइनलमा पुग्ने दुई टिमको टुंगो भने आजको अन्तिम खेल पछि नै लाग्ने भएको छ ।

    त्यस्तै यो हारपछि चितवन भने फाइनलको दौडबाट बाहिरिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार