Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • नेपालसहित २५ विकासशील मुलुकलाई सहुलियत दिने घोषणा 


    मंगलबार, बैशाख २ २०७७
    705
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौं, २ बैशाख ।  अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले नेपालसहित २५ विकासशील मुलुकलाई सहुलियत घोषणा गरेको छ । 

     कोष सीसीआरटीमार्फत नेपालसहित कम आयस्रोत भएका गरिब मुलुकहरुलाई तत्काल सहायता स्वरुप सहुलियत दिन लागेको हो ।

    सहायता अन्तर्गत आईएमएफबाट लिएको ऋणको दायित्व पुरा गर्न मुलुकहरुले कोषको उपयोग गर्न सक्ने भएका छन् ।

    पहिलो चरणमा यस्तो सहायता ६ महिनासम्मका लागि घोषणा गरिएको आईएमएफकी प्रवन्ध निर्देशक क्रिस्टालीना जर्जियवाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

    सीसीआरटीको रकम मुलुकहरुले कोरोना भाइरससँगको लडाइँमा समेत प्रयोग गर्न सक्ने भएका छन् । सीसीआरटीमा अहिले ५ सय मिलियन डलर उपलब्ध छ । यस कोषमा बेलायत र जापानले उपलब्ध गराएको १८५ मिलियन र १ सय मिलियन डलर रकम प्रयोग गरिने भएको छ ।

    चीन र नेदरल्याण्ड्सबाट समेत सहायता उपलब्ध हुने कोषले जनाएको छ । कोषमा अन्य विकसित मुलुकले समेत सहयोग गरी रकम बढाउनु पर्ने आईएमएफको भनाइ रहेको छ ।

    आइएफएफले कमजोर अर्थतन्त्र भएका गरिब मुलुकका लागि यस्तो सहुलियत सुविधा ल्याएको हो । जसमा नेपालसहित अफगानिस्तान मात्र अन्य महादेशबाट परेका छन् । अरु अधिकांश मुलुक अफ्रिकी हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार