Nepal Face
  • शुक्रबार, ७ कार्तिक २०८३
  • सुनको मूल्यमा नयाँ कीर्तिमान, प्रतितोला एक लाख ६१ हजार ३ सय पुग्यो


    शुक्रबार, असोज १८ २०८१
    3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । शुक्रबार सुनचाँदीको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ ।

    आज सुनको मूल्य तोलामा ४ सयले बढेर तोलाको एक लाख ६१ हजार ३ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो सुनको अहिलेसम्मकै उच्च मुल्य हो ।

    यस अघि असोज ११ गते सुनको मुल्य एक लाख ६१ हजार २ सयमा कारोबार भएको थियो ।

    त्यस्तै विहिबार भने सुनको मूल्य एक लाख ६० हजार ९ सयमा कारोबार भएको थियो ।

    त्यस्तै आज चाँदीको मूल्यमा पनि वृद्धि भएको छ । आज चाँदीको मुल्य ३ रुपैयाँले बढेर १९८० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार