काठमाडौँ, २ चैत । पेप्सिकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्दै आएका तीनजनामा कोरोना पुष्टि भएसँगै त्यहाँ बसोबास गर्नेको परीक्षण सुरु भएको छ ।
उक्त अपार्टमेन्टमा बसोबास गर्नेमध्ये एकै परिवारका ८१ वर्षीया वृद्धा आमा सहित ५८ छोरा र ५६ वर्षीया बुहारीमा कोरोना पुष्टि भएको थियो।
कागेश्वरी मनोहरा नगरपालिका–९ काँडाघारीमा रहेको सनसिटी अपार्टमेन्टमा बस्दै आएका एकै परिवारका तीन जनाको (यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) मा कोरोना भाइरस देखिएका कारण सोमबार पाटन अस्पताल भर्ना गरिएको थियो । त्यहाँ उनीहरुको स्वाबको नमूना लिएर परीक्षणका लागि पठाइएको थियो । आमा, छोरा र बुहारी चैत ५ गते बेलायतबाट आएको प्रहरीले जनाएको छ ।
मन्त्रालयले अपार्टमेन्टमा बस्ने व्यक्तिहरुको परीक्षण सुरु गरेको जनाउँदै उनीहरुसँग संलग्नहरुको ट्रेसिङ पनि सुरु भएको जनाएको छ । योसँगै नेपालमा कोरोनासंक्रमितको संख्या १७ पुगेको छ । यसमध्ये एक जना भने निको भएर घर फर्किसकेका छन् ।