Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • तारकेश्वर नगरपालिकाका अमिन चौलागाई २० हजार घुससहित पक्राउ


    सोमबार, असोज १४ २०८१
    2.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । तारकेश्वर नगरपालिकामा कार्यरत अमिन ईश्वरचन्द्र चौलागाईलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले २० हजार रुपैयाँ घुससहित पक्राउ गरेको छ ।

    जग्गा कित्ताकाट गर्न सिफारिस गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग घुस माग गरिरहेको सूचनाका आधारमा टंगालबाट खटिएको अख्तियारको टोलीले अमिन चौलागाईलाई सेवाग्राहीबाट रु. २० हजार घुस लिइसकेको अवस्थामा सोमबार अपराह्न नियन्त्रणमा लिएको छ ।

    चौलागाईको साथबाट घुसको २० हजारसहित स्रोत नखुलेको रु. ३४ हजारसहित काठमाडौं, तारकेश्वर नगरपालिका वडा न. ६ धर्मस्थलीबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको अख्तियारका सहायक प्रवक्ता देवीप्रसाद थपलियाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । अमिन चौलागाई तारकेश्वर नगरपालिकाका करारमा कार्यरत थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार