Nepal Face
  • आइतबार, १० साउन २०८३
  • श्रीमतीको खुकुरी प्रहारबाट श्रीमानको हत्या


    मंगलबार, बैशाख २ २०७७
    580
    Shares
  • १ मिनेट पाठ
  • खोटाङ, २ बैशाख । खोटाङमा श्रीमतीको खुकुरी प्रहारबाट श्रीमानको मृत्यु भएको छ। बराहपोखरी गाउँपालिका–१ बराहपोखरीकी ५० वर्षीय मेनुका राईले खुकुरी प्रहार गर्दा ५० वर्षकै छकुमार राईको मृत्यु भएको हो। 

    श्रीमतीको खुकुरी प्रहारबाट राईको सोमबार दिउँसो घट्नास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। राईको शव जिल्ला अस्पताल गाईघाटमा पोष्टमार्टम गरेर आफन्तलाई जिम्मा दिइसकिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी बामदेव गौतमले बताए। 

    श्रीमानलाई खुकुरी प्रहार गर्ने मेनुकालाई ईलाका प्रहरी कार्यालय खोटाङबजारबाट खटिएका प्रहरीको टोलीले पक्राउ गरेको छ। पक्राउ परेका मेनुकालाई मंगलबार जिल्ला प्रहरी कार्यालय दिक्तेल पु¥याइएको छ। मानसिक असन्तुलनको समस्याबाट पिडित रहेकी मेनुकाले श्रीमानको टाउको, ढाड लगायतका विभिन्न ठाउँमा खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार