काठमाडौं । नेपाल बार एशोसिएसनको बिरोधका बाबजुद न्याय परिषदले सर्वोच्च अदालतमा २ न्यायाधीश नियुक्ति सिफारिस गरेको छ ।
परिषदले उच्च अदालतका मुख्य न्यायाधीशद्वय नृपध्वज निरौला र नित्यानन्द पाण्डेलाई सर्वोच्चको न्यायाधीशमा सिफारिस गरिएको न्यायपरिषद सचिवालय स्रोतले जानकारी दिएको छ ।
निरौला उच्च अदालत पाटनका मुख्य न्यायाधीश हुन् भने पाण्डे उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश हुन् ।
न्यायाधीश पाण्डे गृहमन्त्री रमेश लेखकका नातेदार हुन् । सर्वोच्चको न्यायाधीशमा सिफारिस भएका पाण्डे गृहमन्त्री लेखकका साढुभाइ हुन् । उनी उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश थिए ।
नेपाल बार एशोसिएशनले न्याय परिषद् नियमावलीको संशोधन गैर संवैधानिक रहेको भन्दै उक्त संशोधन खारेज नगरी न्यायाधीश नियुक्ति प्रक्रिया अगाडि नबढाउन दबाब दिँदै विरोध गरिरहेका बेला परिषदले न्यायाधीश सिफारिश गरेको छ ।
नेपाल बार एशोसिएसनले शुक्रबार न्याय परिषद् सचिवालय अगाडि विरोध प्रदर्शन गरिरहेको छ । बारको बिरोध भइरहँदा न्यायपरिषदको बैठक राखेर प्रधानन्यायाधीश बिश्वम्भर श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले न्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।

भवानी खतिवडा अहिले निजामती सेवा ऐन निर्माणको क्रममा रहेको छ । केही सञ्चार माध्यमहरूले बेलाबखत यस सम्बन्धी समाचारहरू लेख्छन् । समाचार पनि यसरी लेख्छन् कि...
काठमाडौं । नेपाल सरकारले निजामती कर्मचारीको दरबन्दी कटौतीका नामामा जथाभावी गरेको छ । संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएण्डएम) गरेर बिभाग र मन्त्रालय गरी २...
काठमाडौं । गृहमन्त्रालयले २३ उपसचिव र सहसचिवको सरुवा गरेको छ । मन्त्रालयले उपसचिव र सहसचिवको सरुवा तथा पदस्थापनसँगै केही जिल्लामा नयाँ प्रमुख जिल्ला अधिकारी...
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको शिक्षाध्यक्षमा प्रा। अञ्जना सिंह र रजिस्ट्रारमा प्रा। रवीन्द्र शिवाकोटी नियुक्त भएका छन् । उपकुलपतिले गरेको सिफारिसका आधारमा विश्वविद्यालयका कुलपति तथा...
काठमाडौं । भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको उच्च व्यवस्थापन समूहको बिहीबारको बैठकले बसी रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा उद्धार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend