Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भारतमा एकै दिन एक हजारमा कोरोना संक्रमण


    मंगलबार, बैशाख २ २०७७
    920
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं, २ बैशाख। भारतमा एकै दिन १ हजार बढी कोरोना भाइरस संक्रमित फेला परेको छ । हालसम्म  यहाँ कोरोनाभाइरस संक्रमितको संख्या १० हजार ३ सय ६३ पुगेको छ ।

    भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार, कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या पनि ३ सय ३९ पुगेको छ । भारतमा पछिल्लो २४ घण्टामा मात्रै यो संक्रमणका कारण ३१ जनाको मृत्यु भएको छ ।

    भारतको महाराष्ट्रमा मात्र अहिलेसम्म एक सय ६० जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ भने दुई हजार तीन सय भन्दा बढी मानिसमा यो भाइरसको संक्रमण देखिएको छ ।

    त्यस्तै, मध्य प्रदेशमा ४३, दिल्लीमा २८ र गुजरातमा २६ जनाको मृत्यु भइसकेको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    लकडाउनकै बीच भारतमा कोरोना संक्रमण बढेको हो । प्रकोप न्यूनीकरणका लागि भारतले मंगलबार मात्रै जारी लकडाउन ३ साता लम्ब्याउने निर्णय गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार