Nepal Face
  • आइतबार, १० साउन २०८३
  • लगातार बढ्दै सुनको मूल्य, तोलाको १ लाख ६० हजार नाघ्यो


    बुधबार, असोज ९ २०८१
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको तोलामा ७ सयले बढेर तोलामा १ लाख ६० हजार ४०० रुपैयाँ कायम भएको हो ।

    यसअघि मंगलबार सुन प्रतितोला १ लाख ५९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

    यस्तै चाँदीको मूल्य पनि बढेको छ । तोलामा ४० रुपैयाँले बढेर आज चाँदीको मूल्य तोलाको १९५५ रुपैयाँ कायम भएको महासंघले जानकारी दिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार