काठमाडौं । मेलम्ची खानेपानी आयोजनामा भएको भ्रष्टाचारमा दोषी ठहर भएका चार जनालाई सजाय सुनाइएको छ । विशेष अदालतले भ्रष्टाचारमा दोषी ठहर भएका पूर्वसचिव गजेन्द्र ठाकुरसहित चार जनालाई सजाय सुनाएको हो ।
पूर्वसचिव ठाकुरलाई भ्रष्टाचार मुद्दामा आठ बर्ष कैद सजाय तोकिएको छ । ठाकुरबाट १० करोड १० लाख रुपैयाँ बिगो असुलउपर गर्नसमेत विशेषले आदेश दिएको छ । उनले यति नै रकम जरिवाना तिर्नुपर्नेछ । उनी मेलम्ची खानेपानी समितिका तत्कालीन अध्यक्ष हुन् ।
यसैगरी, मेलम्चीका तत्कालीन कार्यकारी निर्देशक सूर्यराज कँडेललाई पनि ठाकुरसरह ८ बर्ष कैद, जरिवाना र बिगो असुलउपर हुने फैसला भएको छ । अर्का प्रतिवादी रामचन्द्र देवकोटालाई कैद ८ बर्ष एक महिना नै भए पनि जरिवाना र बिगो असुलउपरबापत दुई करोड ९५ लाख रुपैयाँभन्दा बढी हुने फैसलामा उल्लेख छ ।
परामर्शदाता शिवकुमार शर्माको हकमा उनलाई विशेषले मतियार मान्दै २ करोड ९५ लाख रुपैयाँ बिगो निर्धारण गरेको छ । आठ वर्ष कैद तोकिए पनि ६५ वर्षभन्दा बढी उमेर भएका कारण ज्येष्ठ नागरिक ऐनअनुसार २५ प्रतिशत कैद घटाई ६ वर्ष मात्र कैद सजाय सुनाइएको छ । तर, बिगो र जरिवानामा भने उल्लिखित रकम नै तोकिएको छ ।
सो मुद्दामा विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, न्यायाधीशहरु तेजनारायणसिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले गत भदौ २५ गते अदालतले पूर्व सचिव ठाकुरसहित चार जनालाई दोषी ठहर गरेको थियो । विशेष अदालतले आज सजाय निर्धारण गर्दै जनही ८ वर्ष १ महिना कैद र बिगो बराबर जरिवानाको फैसला सुनाएको हो ।
सोही मुद्दामा पूर्व सचिव भीम उपाध्यायसहित ११ जनाले सफाइसमेत पाएका थिए ।
काठमाडौं । गृहमन्त्रालयले २३ उपसचिव र सहसचिवको सरुवा गरेको छ । मन्त्रालयले उपसचिव र सहसचिवको सरुवा तथा पदस्थापनसँगै केही जिल्लामा नयाँ प्रमुख जिल्ला अधिकारी...
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको शिक्षाध्यक्षमा प्रा। अञ्जना सिंह र रजिस्ट्रारमा प्रा। रवीन्द्र शिवाकोटी नियुक्त भएका छन् । उपकुलपतिले गरेको सिफारिसका आधारमा विश्वविद्यालयका कुलपति तथा...
काठमाडौं । भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको उच्च व्यवस्थापन समूहको बिहीबारको बैठकले बसी रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा उद्धार...
काठमाडौँ । नेपाल मेडिकल काउन्सिल (एनएमसी)को रजिस्ट्रारमा डा.सुप्रभात श्रेष्ठ नियुक्त भएका छन् । उनले शुक्रबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता समक्ष पद...
काठमाडौं । मधेश प्रदेश सरकारका प्रमुख सचिव शोभाकान्त पौडेलले कार्यभार सम्हाल्नासाथ प्रदेशभर अनियमित रुपमा काजमा कार्यरत कर्मचारीहरुलाई दरबन्दीमा पठाउने अभियान सुरु गरेका छन् । मधेश...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend