काठमाडौं । मेलम्ची खानेपानी आयोजनामा भएको भ्रष्टाचारमा दोषी ठहर भएका चार जनालाई सजाय सुनाइएको छ । विशेष अदालतले भ्रष्टाचारमा दोषी ठहर भएका पूर्वसचिव गजेन्द्र ठाकुरसहित चार जनालाई सजाय सुनाएको हो ।
पूर्वसचिव ठाकुरलाई भ्रष्टाचार मुद्दामा आठ बर्ष कैद सजाय तोकिएको छ । ठाकुरबाट १० करोड १० लाख रुपैयाँ बिगो असुलउपर गर्नसमेत विशेषले आदेश दिएको छ । उनले यति नै रकम जरिवाना तिर्नुपर्नेछ । उनी मेलम्ची खानेपानी समितिका तत्कालीन अध्यक्ष हुन् ।
यसैगरी, मेलम्चीका तत्कालीन कार्यकारी निर्देशक सूर्यराज कँडेललाई पनि ठाकुरसरह ८ बर्ष कैद, जरिवाना र बिगो असुलउपर हुने फैसला भएको छ । अर्का प्रतिवादी रामचन्द्र देवकोटालाई कैद ८ बर्ष एक महिना नै भए पनि जरिवाना र बिगो असुलउपरबापत दुई करोड ९५ लाख रुपैयाँभन्दा बढी हुने फैसलामा उल्लेख छ ।
परामर्शदाता शिवकुमार शर्माको हकमा उनलाई विशेषले मतियार मान्दै २ करोड ९५ लाख रुपैयाँ बिगो निर्धारण गरेको छ । आठ वर्ष कैद तोकिए पनि ६५ वर्षभन्दा बढी उमेर भएका कारण ज्येष्ठ नागरिक ऐनअनुसार २५ प्रतिशत कैद घटाई ६ वर्ष मात्र कैद सजाय सुनाइएको छ । तर, बिगो र जरिवानामा भने उल्लिखित रकम नै तोकिएको छ ।
सो मुद्दामा विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, न्यायाधीशहरु तेजनारायणसिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले गत भदौ २५ गते अदालतले पूर्व सचिव ठाकुरसहित चार जनालाई दोषी ठहर गरेको थियो । विशेष अदालतले आज सजाय निर्धारण गर्दै जनही ८ वर्ष १ महिना कैद र बिगो बराबर जरिवानाको फैसला सुनाएको हो ।
सोही मुद्दामा पूर्व सचिव भीम उपाध्यायसहित ११ जनाले सफाइसमेत पाएका थिए ।
काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रमा ५ महिनामा पाँचौं सचिवका रुपमा चक्रबहादुर बुढाले पद सम्हाल्दैछन् । तीन दिनअघि राष्ट्रिय सतर्कता केन्द्रको सचिवमा भूपाल बराललाई बुधबार...
काठमाडौं । गृह मन्त्रालयले सरुवा गरिसकेको १४ दिन बितिसक्दा पनि जिल्ला प्रशासन कार्यालय पर्साका नायब सुब्बा गौरीशंकरप्रसाद गुप्तालाई पुरानै जिम्मेवारीमा राखिएको विषयले प्रशासनिक वृत्तमा...
काठमाडौं । परराष्ट्र मन्त्रालयका कर्मचारीहरुले राजदूत पदमा मात्र होइन, श्रम सहचारीमा समेत आँखा लगाएका थिए । विगतदेखि नै श्रम सहचारीमा सामान्य प्रशासन समूहका कर्मचारीलाई...
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा मुनकर्ण थापालाई नियुक्त गरेको छ। मन्त्रालयको निर्णयअनुसार थापालाई सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा...
काठमाडौँ। सरकारले महिला निजामती कर्मचारीलाई महिनावारी/रजश्वला बिदा दिने भएको छ। भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले प्रतिनिधि सभामा दर्ता गराएको सङ्घीय...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend