Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कोरोना संक्रमित युवकलाई उपचारको लागि वीरगन्ज पठाइयो


    मंगलबार, बैशाख २ २०७७
    825
    Shares
  • २ मिनेट पाठ
  • रौतहट, २ बैशाख । कोरोना संक्रमण भएका १९ वर्षका युवकलाई थप उपचारको लागि विरगन्ज पठाइएको छ । रौतहटको ईशनाथ नगरपालिका वडा नम्बर  ५ मोतिपुर टोलका युवकलाई रौतहटमा आइसोलेसन कक्ष भएको अस्पताल नभएकाले थप उपचार गर्न उनलाई मंगलबार बिहान वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पताल पठाएको  हो ।

     उनलाइ रौतहटको ईशनाथ नगरपालिकामा रहेको क्वारेन्टाइनमा राखिएको थियो।

    उक्त अस्पतालमा यसअघि नै तीन जना कोरोना संक्रमितको भारतीयको उपचार भइरहेको छ। उक्त अस्पतालमा ५ वटामात्र आइसोलेसन कक्ष छन्। नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट मदन उपाध्यायले आइसोलेसन कक्ष बढाउने तयारी भइरहेको  जानकारी दिए।

    उता कोरोना संक्रमित बिरामी भेटिएपछि रौतहटमा लक डाउनमा कडाइ गरिएको छ। हिजोसम्म सडकमा अलिअलि मान्छेहरूको आए पनि आज पूर्ण रूपमा सुनसान छ।

    पूर्वपश्चिम राजमार्गको धन्सार र बागमतीमा नै सुरक्षाकर्मी राखेर आवतजावतमा कडाइ गरेको छ।

    अनुमति नभएका सवारी साधन तथा पैदल यात्रुलाई आवतजावतमा कडा पार्ने स्थानीय प्रशासनले निर्णय गरेको छ।

    यस्तै जिल्ला प्रशासनले वडाले वितरण गर्ने राहत आजसम्ममा वितरण गरिसक्न निर्देशन दिएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार