Nepal Face
  • शुक्रबार, २६ भाद्र २०८३
  • सहकारी ठगी छानबिन संसदीय छानबिन समितिमा प्रधानमन्त्री ओली, प्रगतिबारे जानकारी


    शनिबार, भाद्र २९ २०८१
    1.9K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिको बैठकमा उपस्थित भएका छन्  ।

    समितिले आफ्नो प्रतिवेदनलाई अन्तिम रुप दिनुअघि आज प्रधानमन्त्री ओलीसँग छलफल गरिरहेको छ । प्रधानमन्त्रीसँगको छलफलपछि समितिले प्रतिवेदनलाई पूर्णता दिने तयारी गरेको छ ।

    समितिले यसअघि शुक्रबार मात्र गृहमन्त्री र, मेश लेखक, गृह सचिव गोकर्णमणि दुवाडी, प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर र प्रहरी नायव महानिरीक्षक जनक भट्टराईसँग छलफल गरेर सहकारी ठगी गरेर फरार व्यक्तिहरूको खोजविनबारे भएको प्रगतिबारे जानकारी लिएको थियो । विदेशमा फरार व्यक्तिहरू कूल २८ जनाको खोजी कार्यको प्रगति विवरण लिखित रूपमा अविलम्व उपलब्ध गराउन बैठकले निर्देशित गरेको छ ।

    समितिले सहकारीसँग जोडिएको विभिन्न व्यक्तिहरुसँग बयान लिने काम सकिसकेको छ । गत भदौ २२ गते नै प्रतिवेदन बुझाइसक्नुपर्ने समितिले काम नसकिएको भन्दै प्रतिनिधि सभाबाट १५ दिनको म्याद थप गराएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार