Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कोरोना संक्रमण रोक्न स्वास्थ्य मन्त्री ढकालका ६ सूत्र


    सोमबार, बैशाख १ २०७७
    625
    Shares
  • ९ मिनेट पाठ
  • काठमाडौं, १ बैशाख । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोरोना महामारीबाट बच्नका लागि घरमै बसेर मद्दत गर्न आग्रह गरेका छन् । नयाँबर्षको अवसरमा शुभकामना दिंदै मन्त्री ढकालले कोरोना संक्रमणको विश्वव्यापी महामारीको यो विषम परिस्थितिमा देशलाई थप संक्रमणबाट मुक्त राख्न सबैको सहकार्यले सफलता प्राप्त हुने विश्वास ब्यक्त गरेका छन् । 

    मन्त्री ढकालले कोरोना संक्रमणको अवस्थाका बारेमा दैनिक मन्त्रालयले जानकारी दिइरहेको बताउँदै अहिले मुख्य ६ वटा टि को फर्मुलाबाट आफ्ना रणनीतिहरु अगाडि सारेको प्रष्ट पारेका छन् । ६ वटा टी पालना गर्न सबैलाई आग्रह गरेका छन् । 
    के के हुन् ६ टी ?
    पहिलो टीः  ट्राभल रेष्ट्रिक्सन Travel Restriction)
    यसको लागि आवतजावत बन्द गर्ने नै हो । जसको लागि बाहिरी मुलुकबाट नेपाल भित्रिने सबै किसिमका मार्गहरु बन्द गरिएका छन् भने नेपालभित्र पनि गत चैत १० गतेदेखि लकडाउनको अवस्था छ । यो अवस्थामा विदेशबाट नेपाल भित्रिएका व्यक्तिहरु क्वारेन्टाइनमा रहन जरुरी छ । जसले गर्दा एक व्यक्तिबाट अर्को व्यक्तिमा संक्रमण नसरोस् । हाल धेरैजसो देशहरुले यो रणनीति अपनाएका छन् । यो प्रभावकारी पनि सावित भएको छ । यो लकडाउनले सर्वसाधारणमा केही असहजता त भएको छ तर आफ्नो देशलाई संक्रमणबाट बचाउन यो कुरा अपरिहार्य छ । यसमा यहाँहरुले गर्नुभएको सहयोगको म उच्च मूल्यांकन गर्छु ।
    दोश्रो टी    ः    टेष्टिङ्ग    Testing)
    यस अन्तर्गत स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारले व्यवस्था गरेका क्वारेन्टाइनमा रहेका सबै व्यक्तिहरुको नमुना परीक्षण गर्ने र होम क्वारेन्टाइनमा रहेका व्यक्तिहरुको पनि आवश्यकता अनुसार नमुना परीक्षण गर्ने नीति लिइएको छ । कुन व्यक्तिलाई कस्तो खालको परीक्षण गर्ने र कति अवधीमा गर्ने भन्ने कुरालाई स्वास्थ्य विज्ञहरुको सुझावमा हामीले कार्यविधि बनाई व्यवस्थित गरेका छौँ । हाम्रो हालको रणनीति परीक्षणको दायरालाई थप फराकिलो बनाई धेरै भन्दा धेरै व्यक्तिहरुलाई सो दायरामा ल्याई परीक्षण गर्नु हो ।
    तेश्रो टी        ः   ट्रेसिङ     Tracing)
    ट्रेसिङ्ग भन्नाले संक्रमित व्यक्तिका परिवार नजिकका व्यक्तिहरु जोसँग ति संक्रमितहरु न्जिकको सम्पर्कमा आउनुभयो त्यस्ता व्यक्तिहरुलाई पत्ता लगाई परीक्षणको दायरामा ल्याउनु हो । हामीले धेरैजसो संक्रमितहरुको ट्रेसिङ्ग कार्य पुरा गरिसकेका छौँ भने पछिल्लो समयमा पहिचान भएका संक्रमितहरुको ट्रसिङ्ग कार्य भइरहेको छ । यो कार्य इपिडिमियोजलोजी तथा रोग नियन्त्रण महाशाखाले व्यवस्थित रुपमा गर्दै आइरहेको छ । 
    चौथो टी    ः    ट्रयाकिङ्ग     Tracking)
    सम्भावित संक्रमित र संक्रमित व्यक्तिहरुको एक ठाउँबाट अर्को ठाउँमा आवत जावत भएमा सो कुराको यकिन गरी उनिहरुलाई आइसोलेशनमा राख्न अनुगमन गर्ने विधि ट्रेकिङ्ग कार्य हो । यसको लागि स्वास्थ्य मन्त्रालय मातहतबाट खटिएका टोलीहरु, सीसीएमसी तथा स्वास्थ्य मन्त्रालयद्वारा सञ्चालित कल सेन्टरहरु, मोबाइल एप र वेवसाइट मार्फत ट्रेकिङ्ग कार्यलाई थप व्यवस्थित गरिएको छ । यस कार्यलाई अझ थप व्यवस्थित गर्न व्यक्तिहरु क्वारेन्टाइनमा रहे नरहेको अनुगमन गर्नुपर्ने हुन्छ । यस कार्यका लागि मन्त्रालयले आफ्नो संयन्त्र परिचालन गरिसकेको छ । त्यसका साथै स्थानीय तह तथा प्रदेश सरकारका जनप्रतिनिधिहरु, सुरक्षाकर्मीहरु, मिडियाकर्मीहरु र सम्बन्धित सबै सरोकावालाहरुलाई यस कार्यमा सहयोग, समन्वय र सहकार्यका लागि हार्दिक अनुरोध गर्दछु ।
    पाँचौ टी     ः    ट्रिटमेन्ट     Treatment)
    हालसम्म नेपालमा १३ जना संक्रमितको संख्या रहेको छ । जसमध्ये एक जना निको भएर घर फर्कि सक्नुभएको र १२ जना विभिन्न अस्पतालमा उपचारको क्रममा हुनुहुन्छ । वहाँहरु सबैको स्वास्थ्य स्थिति सामान्य रहेको छ ।
    सम्भावित संक्रमणको संख्या आँकलन गरी योजनाबद्ध तरिकाले उपचारको व्यवस्था मिलाउन स्वास्थ्य मन्त्रालयले आफ्नो रणनीति तय गरेको छ । कोरोना संक्रमणको उपचारको लागि काठमाडौं उपत्यकाका र उपत्यका बाहिरका विभिन्न अस्पतालहरुलाई तोकिएको छ । कोरोना संक्रमणको सम्पूर्ण उपचारको व्यवस्था र खर्च नेपाल सरकारले निशुल्क गर्ने प्रबन्ध गरेको छ । कोरोना संक्रमण बाहेकका आकप्मिक सेवा र निरन्तर उपचारका क्रममा रहनुभएका बिरामीहरु थप समस्यामा नपरुन र उनिहरुलाई सर्वसुलभ रुपमा सेवा प्रवाह होस् भन्नका लागि मन्त्रालय गम्भीर छ र त्यस्तो सेवा प्रवाह गर्ने आवश्यक प्रबन्ध मिलाउन हामी निरन्तर लागिपरेको ब्यहोरा अनुरोध छ । यस महामारीको घडिमा के सरकारी के गैह्रसरकारी सबै किसिमका अस्पतालहरुबाट उपचार गर्नु पर्ने हुन्छ । त्यसैले नेपाल भरका सबै किसिमका अस्पतालहरुलाई सञ्चालन गर्ने योजनाका साथ मन्त्रालय तयारी अवस्थामा रहेको छ । यसमा सबैको सहयोगको अपेक्षा गर्दछु ।
    छैठौं टीः    टुगेदर     Together)
    कोरोना संक्रमणको यो सम्भावित महामारी रोक्न स्वास्थ्य मन्त्रालय मात्र होइन सिंगो देश नै लागिपरेको छ । उच्च स्तरीय समिति, ऋऋःऋ देखि लिएर स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा विभिन्न तहमा कमिटिहरु बनाई कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कार्य व्यवस्थित रुपमा भइरहेको छ । यसका अतिरिक्त अन्य मन्त्रालयहरु तथा निकायहरुमा समेत विषयगत समितिहरु सक्रिय छन् । यस कार्यमा स्वास्थ्यकर्मीहरु, सुरक्षाकर्मीहरु, अत्यावश्यक दैनिक उपभोग्य सामानहरुको व्यवस्था गर्नेहरु, सरकारी तथा गैरसरकारी संघसंस्था तथा सञ्चारमाध्यम लगायतसबै मिलेर मात्र यो लडाईमा हामीले विजय हाँसिल गर्न सक्नेछौँ । 

    यस संक्रमणको नियन्त्रण र रोकथामको लागि आवश्यक पर्ने पी.पी.ई., परीक्षणको लागि आवश्यक सामग्री लगायतका अन्य वस्तुहरुको हाल विश्वव्यापी रुपमा नै अभाव रहेको छ । सामानहरु प्राप्तिका लागि र रोगबाट बच्नका लागि विश्वस्तरमा राष्ट्रहरुले गर्दै आएका प्रयत्नहरुलाई हामी सबैले नजिकबाट नियालीरहेकै छौँ । तसर्थ हामीले देशमा आफुसँग भएको साधन श्रोतको अधिकतम उपयोग गरौँ । दुरुपयोग नगरौँ । आफुसँग भएका सामानको समुचित प्रयोग गरौँ भन्ने हाम्रो अनुरोध छ । यो चुनौतिको सामना हामी सबै एकजुट भई काम गरेर मात्र सम्भव छ । देशलाई महामारीबाट बचाउ । बाँकी बहस पछि गरौँला । महामारीको यो लडाईमा जनताको स्वास्थ्य सुरक्षाको ग्यारेण्टी गरौँ, मन्त्री ढकालको सम्बोधनमा उल्लेख छ ।
    यस्तो विषम परिस्थितिमा सञ्चार क्षेत्रबाट मन्त्री ढकालले कोरोना संक्रमणको रोकथाम र नियन्त्रणका लागि अझ सकारात्मक र रचनात्मक भूमिकाको अपेक्षा गरेका छन् । 
    मन्त्री ढकालले अगाडि भनेका छन्–कोरोना संक्रमण बिरुद्धको यो लडाईको अग्रमोर्चामा नेतृत्व गरिरहनु भएका चिकित्सक र स्वास्थ्यकर्मीहरु नै हुनुहुन्छ । उहाँहरुको स्वास्थ्य र सुरक्षाको प्रत्याभूति गराउनु राज्यको पहिलो प्राथमिकता हो । तसर्थ यो मन्त्रालय चिकित्सक र स्वास्थ्यकर्मीको बारेमा अत्यन्त सचेत छ । उपचारको क्रममा आवश्यक पर्ने व्यक्तिगत सुरक्षाका सामग्रीहरु यथेष्ट मात्रामा पु¥याउन हामी लागि परेका छौँ । चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, राष्ट्र सेवक कर्मचारी लगायत कोरोना संक्रमणको नियन्त्रणमा खटिने जनशक्तिलाई प्रोत्साहन स्वरुप सत प्रतिशतसम्म भत्ता र बिमाको समेत व्यवस्था गरिसकिएको छ । 
    अहिले हामी सबै नै क्वारेन्टाइनमा छौँ । घरभित्रै बसेका छौँ । तर हाम्रो स्वास्थ्य तथा सुरक्षाको लागि स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, दैनिक उपभोग्य वस्तुहरुको व्यवस्था गर्न अत्यावश्यक सेवा प्रदान गर्ने व्यक्तिहरु हुनुहुन्छ । राष्ट्र र जनताको सेवामा क्रियाशील वहाँहरुले गर्दा नै हामी घरभित्र सुरक्षित रहन पाएका छौँ । उहाँहरु सबैलाई धन्यवाद दिन चाहान्छौँ । साथै वहाँहरुको मनोबल उच्च बनाउने काममा सबैले आ–आफ्नो ठाउँबाट योगदान गरौँ ।
    यसको लागि हामीले अहिले गर्ने भनेको आजको यो समयमा घरभित्र क्वारेन्टाइनमा रहनु हो । तपाई हाम्रो यो सहयोगले सिंगो देशलाई कोरोना संक्रमणको महामारीबाट बचाउन मद्दत पुग्छ । आजको परिस्थिति मानव जातिको रक्षाको लागि योगदान गर्ने अवस्था हो । यस्तो कठिन एवं असाधारण परिस्थितिमा राज्यले अबलम्बन गरेको लकडाउन र अन्य व्यवस्थाहरुलाई आत्मसात गरि तपाइहरुले गर्नुभएको महत्वपूर्ण सहयोग प्रति स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तर्फबाट हार्दिक आभार व्यक्त गर्दै आगामी दिनमा पनि सहयोगको अपेक्षा गर्दछु । 

    मन्त्री ढकालको सम्बोधनको भिडियो हेर्नुहोस्ः

    <iframe width="560" height="315" src="https://www.youtube.com/embed/z9Te9z8wrvg" frameborder="0" allow="accelerometer; autoplay; encrypted-media; gyroscope; picture-in-picture" allowfullscreen></iframe>

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार