भैरहवा । बुधवार जिल्ला प्रहरी कार्यालय रुपन्देहीको नवनिर्मित भवनको उद्घाटन गर्न आएका नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त बहादुर कुँवर गएसँगै तस्करीको सामान बरामद भएको छ । आईजीपीनै रुपन्देही आउने भएपछि केही दिन शान्तभएको तस्कर गतिविधी गएसँगै पुनः सुरु भएको छ ।
आईजीपी गएकै रातीबाट तस्करीको काम सुरु भएको बुधबार राती बरामद भएको अवैध सामानले पुष्टि गर्छ । हुन त भैरहवा भन्सार कार्यालय तस्करहरुको जंजिरलाई तोड्न प्रयासरत छ । नियमित रुपमा कार्यालयले संस्थागत तस्करी नियन्त्रणमा एकपछि अर्को सफलता प्राप्त गर्दै आएको छ । भन्सार नेतृत्वले सशस्त्र प्रहरी र नेपाल प्रहरीकै सहयोगमा अवैध बस्तु नियनत्रण गर्दै आएको छ । भन्सारलाई राष्ट्रिय अनुसन्धान र प्रमुख जिल्ला अधिकारीले पनि सहकार्य गर्दै अभियानमा सहयोग गरेका छन ।
लुम्बिनी रोडमा खटिएको भन्सार गस्ती टोलीले वेथरीबाट भन्सार छली नेपाल भित्रिएको २ सय १० बोरा चिनी ट्रकमा लोड रहेको अवस्थामा चालक सहित नियन्त्रणमा लिएको भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नारद गौतमले जानकारी दिए ।
बुधबार आईजीपीको सम्बोधनमा पनि सेटिङ भत्काउने, वर्षौ एउटै युनिटमा रहने प्रहरीलाई लखेट्ने, प्रहरीसँगै परिवारको बैंक खाता चेक गर्ने, ट्राफिक प्रहरीको कार्यमा शंका रहेको समेतको भाषण गर्दे रोक्न निर्देशन गरेका थिए ।
विशेष सूचनाको आधारमा लु २ ख २८३६ नम्बरको ट्रकमा उक्त परिमाणको अवैध चिनी नेपाल तर्फ ल्याउदै गर्दा नियन्त्रणमा लिईएको हो । ट्रक चालक मायादेवी गाउंपालिका २ तुलसीपुरका शिवकुमार यादवलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाईएको प्रमुख गौतमले बताए । नेपाली उद्योगको नामको चिनीका बोरामा भरिएको अवस्थामा ६ लाख ३० हजार् मुल्य बराबरको चिनी र ट्रक को १९ लाख गरि १६ लाख ३० हजार मुल्य बराबरको सामान नियन्त्रणमा लिएको हो ।
चालकले सोधपुछको क्रममा चामल रहेको बयान दिएपनि सामान चेकजाँच गर्दा चिनी फेला परेको छ । उक्त सामान झुलनीपुरबाट लोड गरि पोखरा लैजादै गरेको सोधपुछबाट खुलेको छ उनले भने । सो क्षेत्रबाट पछिल्लो समय निरन्तर सामान भित्रिरहेको बरामद सामानबाट पुष्टि भइरहेको छ ।
सर्वसाधारणका लागि घरायसी सामानमा निकै कडा गरिएपनि नेपालमा संस्थागत रुपमा तस्करीको गिरोह छ भन्ने भैरहवा भन्सारको पछिल्लो सफल अभियानले पुष्टी गरेको छ । सामान जति नियन्त्रणमा आएपनि तस्करहरु भने तस्करी गर्न रोकेका छैनन, यसरी नरोकिनुमा ठूलो समूहको संलग्नता र सेटिङमै हुने गरेको देखिन्छ उनीहरुमा ठूलो आट छ । स्रोतका अनुसार आइजीपी रुपन्देही हुदा केही समय तस्करी रोकिएको हो, त्यसपछि काम सुरु हुने तस्करहरु बताउछन ।
एक साता अघि पनि सोही क्षेत्रबाट लु २ ख १२९० नम्बरको ट्रक सहित २ सय १० बोरा चिनी वरामद गरेको थियो । लुम्बिनी रोड प्रकटेश्वर मन्दिर जाने बाटोबाट सशस्त्र प्रहरी डण्डाको सहकार्यमा ती सामान बरामद भएका थिए । भैरहवा भन्सार कार्यालयले तस्करीलाई कुनै पनि हालतमा सफल हुन नदिने प्रण गरेको छ, । विशेष सूचनालाई आधार बनाई भन्सारले स्रोत साधन र जनशक्ति अनुसार सक्रिय रुपमा निगरानी बढाउदै रातदिनको गस्ती र सूचनाको सुक्ष्म निगरानीले अवैध पैठारीकर्ता धमाधम नियन्त्रणमा आइरहेको छ ।
पछिल्लो चामल, चिनी, मटर, कपडा र प्याजको तस्करी बढेको छ । यसका अलावा दैनिक उपभोग्य सामान, हार्डवेयर, मेसिनरी तथा इलेक्ट्रीक सामानहरु विभिन्न नाकाबाट भित्रिरहेको सुरक्षा निकायले बरामद गरेको तथ्याङकले देखाउछ । सिमा क्षेत्र नजिक रहेका गल्लाभण्डारहरुले पनि धान, गहु र चामल अवैध रुपमा भित्र्याई बैध बनाउने गरेका छन ।
काठमाडौं । शुक्रबार एकैदिन सुनको भाउ तोलामा ५ हजार ८ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला...
काठमाडौं। नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ। बुधबार सुन प्रतितोला ५ हजार ४०० र चाँदी प्रतितोला ११० रुपैयाँले बढेको हो। नेपाल...
काठमाडौं। सरकारले अब हरेक दिन कर प्रणालीमा आबद्ध नागरिकलाई लखपति बनाउँदै छ। मूल्य अभिवृद्धि कर ९भ्याट० र स्थायी लेखा नम्बर (प्यान) मा आबद्ध भएका...
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयनका लागि छलफल सुरु गरेका छन् । भर्खरै अर्थ मन्त्रालयको सुवर्ण हलमा बजेट...
काठमाडौं । नेपाल आयल निगमले उपभोक्ताहरुलाई भरी सिलिन्डर ग्याँस उपलब्ध गराउने भएको छ । अमेरिका–इरान तनावपछि निगमले २०८२ फागुन २९ गतेदेखि आधा सिलिन्डर (७.१...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend