Nepal Face
  • शनिबार, ९ साउन २०८३
  •  सुत्केरीलाई हेलिकप्टरबाट उद्धार


    सोमबार, बैशाख १ २०७७
    590
    Shares
  • २ मिनेट पाठ
  • बलेवा, १ बैशाख । सुत्केरी हुन नसकेपछि बागलुङको ढोरपाटन नगरपालिका–१ की ३३ वर्षीया भीमा भुसाल पाण्डेको हेलिकप्टरबाट उद्धार गरिएको छ। उनको बडिगाड गाउँपालिकाको केन्द्र ग्वालिचौरबाट उद्धार गरिएको हो। 

    आज नै प्रसूति ब्यथाले थलिएकी पाण्डेको उद्धारका लागि बडिगाड गाउँपालिकाका अध्यक्ष प्रमुख सिंह पाइजाको पहलमा सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेशले हेलिकप्टर पठाएको हो। ब्यथा लागेपछि प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङ पुगेकी उनलाई स्वास्थ्य केन्द्रले पोखरा पठाएको थियो। बाटोमा जिल्ला सदरमुकामतर्फ एम्बुलेन्समा आउँदै गर्दा ब्यथाले झन् च्याप्दै गएपछि बडिगाड गाउँपालिकाको कार्यालय परिसरमा पुर्‍याएको थियो। परिसरमै रहेकी उनलाई उद्धारका लागि हेलिकप्टर मगाइएको गाउँपालिकाका अध्यक्ष पाईजाले बताए। 

    उनलाई गण्डकी अस्पताल पोखरा लगिएको पाईजाले जानकारी दिए। पाण्डेका यसअघि पनि दुई सन्तान छन्। उनको अवस्था देखेर माननीय मन्त्री नरदेवी पुनलाई सम्पर्क गरेँ, अध्यक्ष पाइजाले भने, उनले तत्काल प्रभुको हेलिकप्टर पठाएर उनी अस्पताल पुगेका छन्। 

    स्वास्थ्य केन्द्रका अनुसार पेटमा बच्चा असामान्य अवस्थामा रहेकाले उहाँलाई पोखरा पठाइएको थियो। रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार