Nepal Face
  • आइतबार, १० साउन २०८३
  • महिला टी- २० विश्वकप युएईमा हुने, आयोजक बंगलादेशनै रहने


    बुधबार, भाद्र ५ २०८१
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । आइसीसी महिला टी- २० विश्वकप, २०२४ युएईमा हुने भएको छ । यस अघि बंगलादेशमा हुने भनिएको महिला टी-२० विश्वकप अब युएईमा हुने भएको आइसीसीले जानकारी दिएको छ ।

    अक्टोबर ३ देखि ३० सम्म हुने महिला टी-२० विश्वकप युएईको दुबई र शारजाहमा हुने भएको छ ।

    आइसीसीले प्रतियोगिताको आयोजना स्थल मात्र बंगलादेशबाट युएईमा सरेको दिदै आयोजक भने बंगलादेश क्रिकेट बोर्डनै रहने जानकारी दिएको छ ।

    बंगलादेशमा भएको आन्दोलन र नयाँ सरकार गठन पछि जारी गरिएका कैयौं प्रतिबन्धका कारण प्रतियोगिता युएई सारिएको आइसीसीले जनाएको छ ।

    यस विश्वकपमा आयोजक बंगलादेशसहित १० देशले भाग लिदै छन् । जसमा बंगलादेशसहित अस्ट्रेलिया, इङल्याण्ड, भारत, दक्षिण अफ्रिका, न्यूजील्याण्ड, वेस्ट इन्डिज, पाकिस्तान, स्कटल्याण्ड र श्रीलंका रहेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार