काठमाडौं, १ बैसाख । प्रधानमन्त्री केपी शर्माले ओलीले कोरोना महामारी नरोकिएसम्म पारिश्रमिक नलिने घोषणा गरेपछि अरु नेताहरुले पनि घोषणा गर्ने होड चलेको छ । नेकपाका प्रवक्ता तथा राष्ट्रिय सभा सांसद नारायणकाजी श्रेष्ठले एक वर्षको पारिश्रमिक कोरोना रोकथाम कोषमा सहयोग गर्ने घोषणा गरेका छन् ।
नेता श्रेष्ठले सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै ‘हामी अहिले कोभिड–१९ र उत्पन्न संकटको सामना गरिरहेका छौं । यसबेला एकतावद्ध भई आ–आफ्नो ठाउँबाट भूमिका खेल्नु जरुरी छ ।’
उनले अगाडि भनेका छन्, ‘यस स्थितिमा मैले राष्ट्रियसभा सदस्यको एक बर्षको पारिश्रमिक मध्ये दुई महिनाको कोभिड १९ कोष र बाँकी विपन्न वर्ग केन्द्रीत आर्थिक राहात प्याकेजका लागि दिने घोषणा गर्दछु’ भनेका छन् ।