काठमाडौं । नेपाल प्रहरीमा विगतमा अवकाशको मुखमा पुगेका अधिकृतलाई महत्वपूर्ण जिम्मेवारी नदिने परम्परा थियो । तर पछिल्ला दिनमा गृहमन्त्रीदेखि राजनीतिक हस्तक्षेपले अवकाश अवधि अति छोटो भएका प्रहरी अधिकृतलाई प्रदेशको डीआईजीदेखि जिल्लाको कमाण्ड दिँदा उनीहरुको ध्यान शान्तिसुरक्षा कायम गर्ने र तस्करी नियन्त्रण गर्नेभन्दा पनि कमाउधन्दा संचालन गर्ने हुँदैआएको छ ।
यसैक्रमा आगामी असोज ६ गते अवकाश हुन लागेका मधेश प्रदेशका नेपाल प्रहरीका डीआईजी यज्ञविनोद पोखरेलले जाँदाजाँदै ४२ जुनियर अधिकृत र घुमुवालाई काजसरुवा गरी आर्थिक संकलन अभियान सुरु गरेको आरोप छ ।
उनले विवादित जुनियर अधिकृत र घुमुवाहरुलाई मधेश प्रदेशका सीमानाका र आकर्षक थानाचौकीमा काजमा खटाएको आरोप छ । प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले मधेश प्रदेशको डीआईजी हुँदादेखि नै काजफिर्ता र घुमुवा हटाऊ अभियान सुरु गरेका थिए । तर डीआईजी पोखरेलले त्यसबिपरीत अवकाशको मुखमा मधेश प्रदेशका जिल्लामा काजमा घुमुवा परिचालन गरेका छन् ।
महोत्तरीमा विवादित असई बच्चा यादवलाई प्रदेशबाटै घुमुवाका रुपमा खटाइएको छ । महोत्तरीको हलखोरी प्रहरी चौकीका इञ्चार्ज हुँदा असई बच्चा यादवको पेस्तोलबाट गोली प्रहार हुँदा प्रहरी जवान राजेशकुमार साह घाइते भएका थिए । २०८० कात्तिक ३० गते असई यादवले गोली प्रहार गरेको देखिएपछि उनी निलम्बनमा परेका थिए । यादवको निलम्बन फुकुवा गरी उनलाई महोत्तरीको घ्ुमुवाका रुपमा प्रदेशबाटै खटाइएको छ । उनी विगतमा पनि घुमुवाका रुपमा विवादित हुन् । महोत्तरीको सम्सी नाकामा सई परमानन्द यादवलाई खटाइएको छ ।

डीआईजी पोखरेलले अर्को बढी सीमानाका भएको जिल्ला धनुषा हेर्न सई रवि मण्डललाई तोकेको स्रोत बताउँछ । स्रोतका अनुसार मण्डलले ब्यापारीलाई फोन गर्ने र आर्थिक संकलनका लागि प्रहरीहरु प्रताप मण्डल र अजय साह जाने गरेका छन् ।
गौर र सर्लाहीका ब्यापारीसँग कनेक्सन मिलाउने कार्य मोरङमा कार्यरत हवल्दार राजमंगल सिंहले गर्दैआएका छन् । उनी विगतमा पनि रौतहट र सर्लाहीमा कार्यरत रहँदा घुमुवाको रुपमा आर्थिक अनियमिततामा मुछिएपछि सरुवा भएका थिए । उनी महिनाको अन्तिममा १० दिन बिदा लिएर आउने र ब्यापारीसँग डीआईजीको नाम लिएर असुली गर्ने गरेका छन् । सर्लाहीको बागमती चौकीमा बरिष्ठ सई कमल शाहीलाई खटाइएको छ ।
बढी सामान आयात निर्यात हुने भन्सार नाकामा डीआईजीको नाममा आर्थिक संकलन गर्न रौतहटको गौर भन्सारमा असई बृजकिशोर यादव र सर्लाहीको गोरखकाली नाकामा असई सन्जय महतो खटिएका छन् । रौतहटको गौर नाकाबाट शम्भु साहको संरक्षणमा सामान आयात निर्यात गर्ने वर्कत अलीले त डीआईजी पोखरेलसँग तस्वीर नै खिचेर फेसबुकमा पोष्ट गरी पहुँच देखाउन पछि परेका छैनन् ।
काठमाडौं । सम्पत्ति शुद्धीकरणको कसूरमा थुनामा रहेका सुलभ अग्रवालसँग कारोबार देखिएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)बिहीबार पक्राउ गरेकी मृदुला सरियालाई बिरामी नै नभए पनि...
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले पछिल्लो समय उद्योगी–ब्यवसायीलाई छानीछानी भेटिरहेका छन् । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवविना...
काठमाडौं । स्वास्थ्य उपकरणका ब्यापारी बिशाल पण्डितले संघदेखि प्रदेशसम्मका सरकारी अस्पतालका खरिद र मर्मतमा सिन्डिकेट नै कायम गरेका छन् । त्यो सिन्डीकेट वालेन्द्र शाह...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को बाचापत्रमा राजनीतिक नियुक्तिमा मेरिटोक्रेसी लागू गर्दै योग्यतमहरुबाट गर्ने उल्लेख छ । तर सरकारले गुठी संस्थानको प्रशासक(सदस्यसचिव)मा विगतका सरकारका पालामा...
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपाल मेडिकल काउन्सिलको रजिष्टारमा निमित्तमाथि निमित्त तोकेको छ । अध्यादेशबाट पदाधिकारीबिहीन भएको काउन्सिलको अध्यक्षदेखि रजिष्टार नियुक्ति हुन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend