Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • जोटा र सलाहको गोलमा लिभरपुल विजयी


    शनिबार, भाद्र १ २०८१
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । लिभरपुलले प्रिमियर लिगको नयाँ सिजनमा शानदार शुरुवात गरेको छ ।

    शनिबार भएको खेलमा आइपीस्वीच टाउनलाई २-० गोल अन्तरले पराजित गर्दै लिभरपुलले नयाँ सिजनमा विजयी शुरुवात गरेको हो ।

    लिभरपुलको जितमा डिओगो जोटा र मोहमद सलाहले एक एक गोल गरेका थिए । पहिलो हाफ बिना कुनै गोल सकिएको खेलमा दोस्रो हारको ६०औँ मिनेटमा जोटाले गोल गर्दै लिभरपुललाई शुरुवाती अग्रता दिलाएका थिए भने ६५औं मिनेटमा सलाहले गोल गर्दै अग्रता दोब्बर पारेका थिए ।

    यो जितपछि लिभरपुलले महत्वपूर्ण ३ अंक हासिल गर्दै सिजनको शुरुवात गरेको छ । त्यस्तै यसै सिजनमा प्रिमियर लिगमा आएको आइपीस्वीच टाउनले भने हारसँगै सिजनको शुरुवात गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार